माडीको बाल्मीकि आश्रममा एघार हजार दीप प्रज्वलन

चितवन,९ माघ । चितवनको माडीमा रहेको बाल्मीकि आश्रममा एघार हजार दीप प्रज्वलन गरिएको छ ।

सोमबार भारतको अयोध्यामा बनेको राम मन्दिरमा भगवान् रामको  प्राण प्रतिष्ठा भएको अबसरमा दीप प्रज्वलन गरिएको हो ।

विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर जिल्ला समिति नवलपुरको आयोजनामा माडी र नवलपुरका जनप्रतिनिधि एवं धार्मिक अगुवाहरुले आश्रमस्थित सीता मन्दिरमा एघार हजार दीप प्रज्वलन सहित पूजा अर्चना गरेका हुन् ।

गण्डकी प्रदेश सांसद विनिता पहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा माडी नगर उपप्रमुख खेमप्रसाद महतोको विशिष्ट आतिथ्य एवं माडी १ का वडाध्यक्ष अमित लामा, रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समिति सम्बद्ध छबिलाल भट्टराई, रामजी सापकोटा र नारायण दवाडी साथै रेडक्रस गर्दी उपशाखा सभापति हेमलाल ढकालको आतिथ्य रहेको थियो ।

यसैबिच सोमबार भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्ने गरी आज भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान् रामको प्राणलाई मूर्तिमा सारिएको छ ।

प्रतिकृया दिनुहोस