देवघाट छिर्ने झोलुङ्गे पुल माघ १२ देखी दैनिक ४ घण्टा बन्द हुने

देवघाट,११ माघ । तनहुँ र चितवन जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुल माघ १२ गतेदेखी दैनिक ४ घण्टा बन्द हुने भएको छ । देवघाट क्षेत्र विकास समितिले आज एक सुचना जारी गर्दै  माघ १२ गते बिहान ११ बजे देखी अपराह्न ३ बजे सम्म अर्को सुचना जारी नभएसम्म को लागि बन्द रहने जनाएको छ । 

देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र पर्ने देवघाट गाउँपालिका वडा न: ५ तनहुँ र भरतपुर महानगरपालिका वडा न:१ देवघाट धाम, चितवन जोड्ने त्रिशूली नदी माथि निर्माण भएको  झोलुङ्गे पुल जीर्ण अवस्थामा  रहेको र यस पवित्र धार्मिक स्थलमा दैनिक हजारौँको सङ्ख्यामा रहेकोले हाल सस्पेन्सन बृज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट खटिई आउनुभएका प्राविधिकहरूबाट मर्मत कार्य भइरहेको हुँदा पुल मर्मतको क्रममा  २०८० माघ १२ गते बिहान ११ बजे देखी अपराह्न ३ बजे सम्म पुल मर्मत कार्य पुरा नभए सम्मको लागि पुल बन्द गर्नुपर्ने भएकोले  सूचना प्रकाशित गरिएको  सुचनामा भनिएको छ ।

स्थानीय वासी भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको लागि मर्मतमा आवश्यक सहयोग गर्नुहुन समितिले आग्रह गरेको छ । साथै पुलमा सहज आवागमनमा पर्न गएको असुविधा प्रति देवघाट क्षेत्र विकास समिति क्षमा समेत मागेको छ ।

प्रतिकृया दिनुहोस