पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण हुँदै, गैँडाकोटमा शोभायात्रा

गैँडाकोट,१७ माघ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ । 

मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना रु दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै रु चार करोड लाग्ने बताए । कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ । हाल एक तलाको काम सम्पन्न भएको जनाउँदै कलश १२ तले हुने अध्यक्ष दाहालले बताए । 

पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा अहिलेसम्म करिब रु ५५ करोड खर्च भएको उनको भनाइ छ । यहाँ पाँच हजार पाँच सय ५५ किलोको घन्टीसमेत राख्ने तयारी छ । संरचना निर्माणका लागि हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलन गरिँंदै आएको छ भने केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको अध्यक्ष दाहालले बताए । कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने उनी बताउछन् ।

यसैबिच, पञ्चकोटमा आयोजित “अनन्तश्री ब्रह्माण्डीय महायज्ञ” को प्रचार स्वरुप गैँडाकोटमा ३१ फिट अग्लो मौलो सहितको शोभायात्रा गरिएको छ । 

महायज्ञ स्थलमा राखिने ३१ फिट लामो मौलो देशका विभिन्न क्षेत्रमा परिक्रमा गराइदैँछ । मंगलबार गैँडाकोट १ को श्री लक्ष्मी नृसिंह दिव्यधाम, भृकुटी चोक, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, काँग्रेस चोक, नगरपालिका, कालिका मन्दिर कालिका आश्रम, हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम, हनुमान मन्दिर, भेडाबार पञ्चायन मन्दिर, अमरापुरी १६ नम्बर चोक लगायतका क्षेत्र परिक्रमा गराइएको स्वामी लक्ष्मणाचार्यले जानकारी दिए ।

नगरपालिकाअघि आइपुगेको टोलीलाई सम्बोधन गर्दै गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नगरवासी सम्पूर्णलाई दान गरी पुण्य कमाउन आग्रह गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 

पवित्र मुक्तिक्षेत्र, शालग्रामवाहिनी कृष्णागण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृंखलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा आगामी फागून ९ देखि २३ गतेसम्म महायज्ञ हुनेछ ।

महायज्ञमा २५ फिट अग्लो धान्य मौलो, ९ वर्ष पुगेका नवकन्याहरुको उचाइ बराबर ९ वटा मौलोहरु सहितको नवधान्याचल, सयौँ गुरुहरुबाट ४ वेद १८ पुराण लगायतका पाठ परायण, सवालाख श्रीफल (नरिवल) होम, पञ्चकोट–पञ्चकुण्डात्मक होम, तुला दान, भूमिदान, सवा ५ करोड दीपदान लगायतका कार्यक्रम छन् ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

गर्मीमा बेलफल खानुका यस्ता छन् फाइदा

अषार, ३ चितवन । औषधीय गुणले भरिपूर्ण बेलफल  खानु अत्यन्तै स्वास्थयवद्धक मानिन्छ ।  एक अत्यन्तै औष...