चुरोट त्याग्नुस्, क्यान्सर घटाउनुस्

  • काठमाडौँ,२५ माघ ।जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्। गार्डियन अखबारका अनुसार, कम्तीमा १५ वर्षअघि नै धूमपान त्याग्न सक्दा सम्भावित क्यान्सरको खतरालाई टार्न सकिने अध्येताहरूले जनाएका छन्।

सन् २००२ यता स्वास्थ्य जाँचमा आएका लगभग ३० लाख कोरियालीको स्वास्थ्य परीक्षणको तथ्यांक अध्ययन गरेपछि अध्येताहरू यो निष्कर्षमा पुगेका हुन्। अधवैंशे उमेरमा पुग्नुअघि नै धूमपान त्याग्दा फोक्सो, कलेजो, पेट, ठूलो आन्द्राको क्यान्सरबाट जोगिने देखिएको हो। अध्ययनमा सहभागी दुई लाखलाई क्यान्सर देखिएको थियो। र, उनीहरूमध्ये अधिकांशले धूमपान गर्ने गरेका थिए।

अध्ययनका प्रमुख तथा सोल नजिकैको नेसनल क्यान्सर सेन्टरका डा. जिन कोयुङ ओहले जुनसुकै उमेरमा पनि क्यान्सर छाड्दा त्यसका सकारात्मक फाइदा देखिएको छ। क्यान्सरले आफू पन्पिनका लागि लामो समय लिने हुनाले पन्पिनुअघि नै नियमित स्वास्थ्य जाँच गर्दा यसको सम्भावना घट्ने चिकित्सकको दाबी छ।

धूमपान त्याग्ने अवधि कम्तीमा साढे १३ वर्ष देखिएको छ। त्यसअवधिमा धूमपान त्याग्दा ४२ प्रतिशत फोक्सोको क्यान्सर सम्भावना घट्ने, कलेजोको २७ प्रतिशत, ठूलो आन्द्राको २० प्रतिशत र पेटको क्यान्सर १४ प्रतिशतले कम हुने सम्भावना देखिएको अध्ययनमा बताइएको छ।

जामा नेटवर्क ओपनले यस अध्ययनको विस्तृत परिणाम प्रकाशन गरेको छ। बेलायतमा मृत्यु हुनेहरूमा एक चौथाई कारक क्यान्सर हुने गरेको छ। धूमपानले कम्तीमा १५ प्रकारका क्यान्सर गराउने गरेको छ। तीमध्ये मूत्रासय, मृगौला पनि पर्ने गर्छन्।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...