कपालमा नरिवलको दुध लगाउँदा हुने फाइदा

एजेन्सी । नरिवलको दुध कपालका लागि एकदमै पोषणयुक्त तथा फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्वले कपाल झर्न रोक्छ । साथमा यसले कपाललाई चम्किलो तथा लामो बनाउन पनि सहयोग गर्छ ।

नरिवलको दुध कपालमा लगाउँदा हुने फाइदा बारे जानौं ।
- नरिवलको दुधमा भिटामिन सी, भिटामिन बी १, भिटामिन बी ६ र भिटामिन बी ५ जस्ता पोषक तत्व पाइन्छन्, जसले कपालसँग जोडिएका समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

- त्यस्तै कपाल एकदमै अल्झिने समस्या छ भने नरिवलको दुध लगाउनुहोस् । नरिवलको दुधले प्राकृतिक तरिकाले नै कपाललाई मुलायम बनाउँछ । यसका लागि नरिवललाई राम्रोसँग पिसेर यसबाट दुध निकालेर स्काल्पमा लगाउनुहोस् ।

- नरिवलको दुधमा पाइने पोषक तत्वले कपालको लम्बाई बढाउन पनि सहयोग गर्छ । नरिवलको दुधलाई सानो आगोमा तताउनुहोस् । त्यसपछि यो सामान्य तापक्रममा आएपछि कपालमा मालिस गर्दै लगाउनुहोस् ।

- नरिवलको दुधले चायाँको समस्या पनि कम गर्छ । यसमा एन्टीब्याक्टेरियल तथा एन्टीमाइक्रोबियल गुण पाइने भएकाले चायाँलाई सफा गर्न सहयोग गर्छ । नरिवलको दुधसँग नीमका पात पिसेर कपालमा लगाउनुहोस् र आधा घण्टापछि धुनुहोस् ।

- खराब जीवनशैलीको कारणले सानो उमेरमै कपाल सेतो हुने वा फुल्ने समस्या देखिन्छ । यस्तोमा पनि नरिवलको दुध लगाउन सकिन्छ । यसमा भिटामिन बी १२ पाइन्छ जसले कपाललाई सेतो हुनबाट जोगाउँछ ।

-शरीरमा भिटामिन बी को कमीले पनि कपाल झर्छ । कपाल झर्नबाट रोक्नका लागि नरिवलको दुध प्रयोग गर्न सकिन्छ । यसका लागि नरिवलको दुधलाई सिधै कपालमा लगाउनुहोस् र एक घण्टापछि स्याम्पुले धुनुहोस् ।

प्रतिकृया दिनुहोस