मौसमी रुघाखोकी ठिक पार्ने घरेलु उपाए

एजेन्सी । प्रायः मौसम परिवर्तन हुने बेला रुघाखोकी लाग्नु सामान्य जस्तो हुन्छ । यस्तोमा संक्रमणबाट बच्न घरमै केही उपायहरु अपनाउन सकिन्छ । रुघाखोकीलाई निको पार्ने घरेलु उपायका बारेमा जानौं ।

बाफ लिने
प्रायः रुघाखोकी लागेको बेला नाक बन्द हुने गर्छ । त्यस्तै खोकी लागेर पनि समस्या हुन्छ । यस्तोमा तपाईं तातो पानीको बाफ लिन सक्नुहुन्छ । यसले तुरुन्तै तपाईंको नाक खुलाउनेछ साथमा घाँटी दुखेकोमा पनि राहत दिन्छ ।

बेसार दुध
एक कप दुधमा बेसार राखेर राम्रोसँग उमाल्नुहोस् । यसलाई मनतातो बनाएर पिउनुहोस् । खोकीबाट तुरुन्तै राहत पाइनेछ ।

कालो चिया
तपाईंले रुघाखोकीमा कालो चिया पनि पिउन सक्नुहुन्छ । यसका लागि चियामा तुलसीको पात, थोरै अदुवा र कालो मरिच राखेर चिया बनाउनुहोस् । मिठोको लागि गुड वा महको प्रयोग गर्नुहोस् ।

अदुवा र मह
अदुवा र मह पनि रुघाखोकीको अचुक औषधि हो । यसको मिश्रण बनाएर खाँदा रुघाखोकीबाट छिटो राहत पाउन सकिन्छ ।

तातो पानी
रुघाखोकी लागेको अवस्थामा तातो पानी मात्र पिउनुहोस् । किनकी तातो पानीले नाक, मुख, घाँटीमा भएका ब्याक्टेरिया मार्छ ।

प्रतिकृया दिनुहोस