सागर रिमालको अछामी भाषाकाे गजल सङ्ग्रह ‘ओटालो’ सार्वजनिक

काठमाडौँ I अछामका गजलकार सागर रिमालको पहिलो गजल सङ्ग्रह ‘ओटालो’ सार्वजनिक भएको छ ।

काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा एक शनिबार कार्यक्रमवीच रिमालको गजल सङ्ग्रह ओटालोको विमोचन गरिएको हो ।
 प्रतिनिधि सभाका सदस्य सन्तोष परियार, साहित्यकार ओम रिजाल, पूर्ण रावल, आस्था केसी र महेन्द्र अटलले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन् । सुदूरपश्चिम प्रदेश अन्तरगत अछामको ढकारी गाउपालिका दुई हिच्मामा जन्मिएका गजलकार रिमाल अहिले संघीय राजधानी काठमाडौंमा बसेर पढाइ संगसंगै विद्यार्थी राजनीतिक गर्दै आएका छन् भने साहित्यमा कलम पनि चलाउदै आएका छन् ।
कुईकाले मिडिया प्रा.लिद्वारा प्रकाशित गजल सङ्ग्रह ओटालोमा गजलकार रिमालका ६७ वटा गजल समावेश छन्। सङ्ग्रहमा संग्रहित सबै गजलहरू अछामी भाषामा लेखिएका छन् ।

प्रतिकृया दिनुहोस