मनकामना केबलकार आज बन्द रहने


चितवन ,
चैत, ७- मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ  । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले  आज एक दिनका  लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । 

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो  । 

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।मनकामना केबलकारबाट वर्षेनी हजारौ भक्त सजिलै  नेपालको प्रसिद्ध शक्तिपिठ गोरखाको मनकामना मन्दिर दर्शन गर्ने गर्दछन् । 

प्रतिकृया दिनुहोस