आज हिमाली र पहाडी भेगमा होली पर्व मनाइँदै

काठमाण्डौँ - आज फागु पूर्णिका होली पर्व देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ । 
तराई–मधेशमा भने सोमवार होली परेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।

एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ । यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वको उपलक्ष्यमा शुभकामना   दिनुभएको छ । शनिवार साँझ शुभकामना दिँदै उहाँले   होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।   ।







प्रतिकृया दिनुहोस