माडीको बाबियोडाँडामा भोलीबाट महायज्ञ शुरु गरिदै आज निकालीयो मोटरसाईकल र्याली

माडी–१२ ,चैत । चितवनको माडीनगरपालिका ७   (बाबियोडाँडा) जगन्नाथपुरी स्थित देवीकोट मन्दिर र बालकल्याण आधारभूत विद्यालयको सयूक्त आयोजनामा  श्रीमद भागवत धनधान्याचल ज्ञानमहायज्ञ एवं नवनिर्मित शिवमन्दिरको उद्घाटन गरिने भएको छ । भोली मंगलबार चैत १३ गते देखि शुरु हुने सो महायज्ञको चैत  २० गते समापन गरिने आयोजकले जनाइएको छ ।  विद्यालको भांैतिक संरचना निमार्ण का साथै शैक्षिक उन्नयनका लागि  साथै सो क्षेत्रलाई धर्मिकसाँस्कृतिक तीर्थस्थलको रुपमा बिकास गर्ने उदेश्यले महायज्ञ गरिन लागिएको महायज्ञ मुल समारोह समितिका संयोजक  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमलाल पोखरेलले बताउनु भयो ।

सो क्षेत्रको बाबियोडाँडामा रहेको देवीकोट मन्दिर एवं हालै निर्माण सम्पन्न भएको शिवालय मन्दिरको संरक्षणका लागि सो स्थानमा सत्सङ्ग भवन, १०८ शिवलिङ्ग स्थापना, पुजारी भवन पर्खाल गेट निर्माण, विद्यालयमा अक्षयकोष स्थापना, भौतिक विकासका लागि   महायज्ञ आयोजना गरिएको महायज्ञ मुल् समारोह समितिका    एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीधारी सुवेदी बताउनु भयो । 
महायज्ञमा प्रमुख बाचकको भुमिकामा वाचन सम्राट पण्डित भिमकान्त भागवत रहनुभएको छ भने उपवाचकको भुमिकामा  पण्डित पुरुषोत्तम भट्टराई  रहनुभएको छ ।  महायज्ञकै प्रचारप्रसारका क्रममा आज विहान मोटरसाईकल र्याली समेत आयोजना गरिएको छ ।  
घान महायज्ञको समुद्धचैत १३ गते कलश शोभायात्रा सहित समुद्घाटन हुने महायज्ञमा दैनिक पाठपारायण, भजनकीर्तन, देवलीला झाँकी प्रदर्शन, श्रृङ्गारिक मज्ञको समुदघाटन पूर्व हाआरती र धार्मिक नाटक मञ्चन हुनेछन् । चैत १९ गते लक्ष्यवती प्रज्वलन र २० गते पूर्णाहूति सहित समापन गरिने जनाइएको छ ।महायज्ञको अवसरमा ग्रहशान्ति, चौरासी पूजा, ब्रतबन्ध, लाखबत्ती प्रज्वलन लगायतका धार्मिक अनुष्ठान गर्न लागिएको महायज्ञ मुल समारोह समितिका युवा पन्डित सर्दुशन सुवेदीले बताउनु भयो । 

प्रतिकृया दिनुहोस