पाथीभरा मन्दिरमा एकैदिन सात हजार बढीले गरे दर्शन

ताप्लेजुङ,२५ चैत । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन् । यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले जनाएको छ ।

पाथीभरा दर्शन गर्न बाह्रै महिना सकिने भएपनि मुख्यतया चैत, वैशाख र असोज, कार्तिक दुई सिजनमा दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस