चतरामा कुम्भ मेला सुरु, राष्ट्रपतिले गरे उद्‍घाटन

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चतरा धाममा एकमहिने कुम्भ मेला सुरु भएको छ। १२ वर्षपछि आयोजना गरिएको  मंगलबार कुम्भ मेलाको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे। 

राष्ट्रपति पौडेलले बराहक्षेत्रको गुरुयोजना तयार गरि दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए। उनले तीनै तहका सरकारले बराहक्षेत्रको विकास गर्न वार्षिक नीति तथा कार्यक्रममा समेटेर आकर्षक धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्नु सुझाव दिए। कुम्भ मेलाले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तब्यका  रुपमा विकास गर्न सघाउँ पुर्याउने पनि पौडेलले बताए।

उनले कुम्भ मेलाले सबै जातजाति, धर्म, सम्प्रदाय र भाषाभाषीबीच सद्भाव कायम गर्ने पनि बिस्वाई चलायस ब्यक्त गरे। चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटनका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भ मेलाले आर्थिक गतिविधीलामान बनाएको बताए। उनले धार्मिक मेलामार्फत जनताको आर्थिक र साँस्कृतिक गतिविधिमार्फत नेपाललाई नयाँ बाटोमा डोर्‍याउने बताए।

कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेला नेपालको गौरवसँग जोडिने बताए। उनले कुम्भलाई धर्मसँग नभएर नेपाली जनता र देशसँग जोडेर हेर्नुपर्ने बताए। महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ। भक्तजनका लागि खानाको व्यवस्था धरान र विराटनगरका मारवाडी समूदायले निःशुल्क रुपमा व्यवस्था गरेका छन्।
कुम्भमा आउने भक्तजन बिरामी पर्दा उपचारको व्यवस्थासमेत गरिएको छ। कुम्भमा नेपालसहित विश्वका अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने दाबी गरिएको छ। : Annapurna Post
 

प्रतिकृया दिनुहोस