शुक्र अस्तायो , वृहस्पती पनि अस्ताउदै , यो बेला के गर्न हुन्छ ? के गर्न हुदैन ?

 
काठमाडौ , वैशाख,१७ । यतिखेर शुक्र ग्रह अस्त भएको छ । यस वर्ष शुक्र ग्रह २ पटक अस्त हुने र २ पटक नै उदाउने गर्छ् । वैशाख महिनाको हिजो १६ गते आईतवार १० बजेर १६ मिनेट विहानबाट पूर्व दिशामा  अस्त भएको शुक्र ग्रह अषार महिनाको २१ गते शुक्रवार राती १२ बजे ५३ मिनेटपश्चिम दिशामा उदाउछ । त्यस्तै गरि शुक्र ग्रह ८१ सालको चैत्र महिना ६ गते वुधवार बेलुका ७ बजेर २५ मिनेट जादा अस्ताउछन्  चैत्र महिना दिन १० गते आईतवार दिउसो १ बजेर १७ मिजेटमा पुर्व दिशामा उदाउछन्  ।
वृहूूूस्पती पनि अस्त हुदै ।
यस वर्ष एक पटक अस्त भएर उदय हुन्छन् । वैशाख महिनाको २५ गते मंगलवार पश्चिम दिशामा विहान ९ बजे ४७ मिनेटमा अस्त हुन्छन्  । यसैगरि  वृहस्पती अस्त भएर जेठ १९ गते शनिवारको विहानको ११ बजे ७ मिनेट जादा उदाउछन् ।
धार्मिक मान्यताअनुसार शुक्र र बृहस्पतिलाई गुरुका रूपमा लिने गरिन्छ । देवताका गुरु बृहस्पति हुन् भने दानवका गुरु शुक्राचार्य हुन् । यसरी गुरुको उपस्थितिबिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ ।
शुक्र र वृहस्पती ग्रह अस्त हुनु र उदय हुनु भन्दा ३ दिन अघि सम्म सुतक लाग्छ  भन्निछ ।

कसरी हुन्छ शुक्र अस्त  ?।

विशेषतः शुक्र सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुदा शुक्र अस्त हुने गर्दछ । यस्तो अवस्था हुन सूर्य र शुक्र अत्यन्त नजिक हुनुपर्दछ । शुक्र र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । शुक्र, बुध, सूर्य १ राशिमा १ महिना बस्छन् ।

सूर्य र शुक्रको हिँड्ने गति पनि उस्तै र नजिक भएकाले यस्तो अवस्था बेला–बेलामा आइरहन्छ । शुक्र पूर्वमा अस्त भई पश्चिम दिशामा उदय हुने गर्दछ । यस्तो हुनु भनेको शुक्र सूर्यको पूर्वी विम्बबाट प्रवेश गरी पश्चिमी भागबाट नउदाएसम्मको समय हो ।

शुक्र अस्त भएको वेला सूर्य र शुक्र एउटै राशिमा रहेका हुन्छन् । रेवतीदेखि मृगशिरा नक्षत्रसम्म चन्द्रमा रहेको वेला पनि अन्ध शुक्र हुने गर्दछ । यस्तो अन्ध शुक्रको भने कुनै दोष लाग्दैन भनी शास्त्रमा बताइएको पाइन्छ ।
कसरी हुन्छ  बृहस्पति अस्त ?
 
सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुदा बृहस्पति अस्त हुने गर्दछ ।यस्तो अवस्था हुन सूर्य र बृहस्पति अत्यन्त नजिक हुनु पर्दछ ।बृहस्पति र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । बृहस्पति  पश्चिममा अस्त भई पूर्व दिशामा उदय हुने गर्दछ ।यस्तो हुनु भनेको बृहस्पति सूर्यको पश्चिम विम्बबाट प्रवेश गरी पूर्वी भागबाट नउदाएसम्मको समय हो ।
वैदिक सनातन धर्म अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ ।वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ ।साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ ।

धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् ।नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् ।प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन


शुक्रास्तमा र वृहस्पती अस्त भएका बेला कस्ता कार्य गर्नु हुदैन ?

यस्ता ग्रह अस्त भएको वेलामा शुक्र, वृहस्पती  निर्वल हुने हुँदा काम्य कर्महरु जस्तै  विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ ।

कुवा, वगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाकका संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह,मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त्तचिन्तामणिमा उल्लेख छ ।

यो बेला कस्ता कार्य गर्नु हुन्छ  त ?

विशेषतः शुक्र ,वृहस्पती ग्रह अस्त प्रकृतिको १ नियमित चक्र हो । यस्तो बेला बेलामा भइरहन्छ ।यो वेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिंदै आएका व्रत उपासना पनि रोकिदैनन् ।


नैमित्तिक कर्म अन्तर्गत अइपर्ने नामाकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निीम्त पनि छुट दिएको पाइन्छ ।

यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । यसैगरी शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नुहुन्छ दोष लाग्दैन भनी बताइएको छ ।
नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य शुक्र अस्त भए पनि गर्दा कुनै दानेष नलाग्ने कुरा शास्त्रले बताएको पाइन्छ ।


शुक्र अस्त हुँदा शुक्रजन्य प्रभाव कम हुने भएकाले विवाह, व्रतबन्ध, महायज्ञ आदि गरिएको ठूला काम्य कर्म गर्न निषेध गरिएको छ भने नित्यकर्म, ग्रहशान्ति, नामकाकरण लगायत नित्यकर्म पनि गर्नु हुने शास्त्रीय निर्णय पाइन्छ । 

प्रतिकृया दिनुहोस