यस्तो छ ,३ दिनको मौसम पूर्वानुमान केही भूभागमा वर्षा र हावाहुरीको सम्भावना

नेपालका विभिन्न  (आइतबार बिहान) पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।दिउँसाे कोशी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना पनि छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा दिउँसाे हावाहुरीकोसमेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 


कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। 


कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको पनि सम्भावना छ। 


मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा राति हावाहुरीको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


कस्तो रहला सोमबार र मंगलबारको मौसम?


२०८१ वैशाख २४ गते (सोमबार)


दिउँसो ː कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।


रातिː कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।


 २०८१ वैशाख २५ गते (मंगलबार)


दिउँसो ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।


राति ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधैश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।






प्रतिकृया दिनुहोस