श्री एयरले भोलिबाट भरतपुर–काठमाण्डौं उडान गर्ने

चितवन । श्री एयरले भोलि शुक्रबारबाट भरतपुर– काठमाण्डौं उडान गर्ने भएको छ । एयरलायन्सले ८० सिटे जहाजबाट उडान भर्न लागेको हो । केही दिन चार्टर उडान गरेर नियमित उडान थाल्ने एयरलायन्सले जनाएको छ । चार्ट उडान भएपनि टिकट बिक्रीका लागि अनलाईनमा राखिएको छ ।

एयरलायन्सका कर्पाेरेट निर्देशक अनिल मानन्धरका अनुसार असोज २२ वा २३ गतेबाट नियमित उडान गरिंदै छ । धावन मार्ग छोटो भएकाले जहाजको सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्न सकिने उहाँको अनुमान छ ।

एकतर्फी भाडा रु.४ हजार ५०० राखिएको छ । अहिले भरतपुर–काठमाण्डौं बुद्ध एयरले एटिआर ४२ मार्फत् जहाजबाट दैनिक नौ उडान भर्दै आएको छ । अविरल वर्षाले राजमार्गहरुमा क्षति पु¥याएपछि अहिले हवाई यात्रुको चाप उच्च रहेको छ । चाप निकै बढेपछि श्रीले उडान शुरु गर्न लागेको हो । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...