खानेपानी धारा अस्पताललाई हस्तान्तरण


भरतपुर,१४,माघ । महिलामात्र रहनुभएका (इनर व्हिल क्लब अफ नारायणी)ले  भरतपुर अस्पतालमा निमार्ण गरेको  खानेपानीको धाराको  आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै अस्पताललाई हस्तान्त्रण गरेको छ  ।
सो समारोहका प्रमुख अतिथी क्लबका डिस्ट्रीक ३५० का डिस्ट्रीक अध्यक्ष आशा श्रेष्ठ रहनुभएको थियो । सो अवसरमा उहाँले क्लबले  खानेपानी  धारा हस्तान्तरण गर्नु प्रशंशनीय कार्य भएको बताउनुभयो । उहाँले इनर व्हिल क्लबले यस्ता विभीन्न सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्नुहुदै महिला मात्र रहने क्लबका यस्ता कार्यले महिलाको शशक्तिकरण हुने भनाई राख्नु भयो । सो कार्यक्रममा  अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले अस्पतालमा खानेपानीको धारा निमार्ण गर्नु क्लबको सरा्हनीय कार्य भएको बताउनु भयो ।उहाँले यस्ता कार्यले अस्पताल प्रति सबैको अपनत्व भावना जागृत
हुने समेत भनाई राख्नुभयो  । इनर व्हिल क्लब अफ नारायणीका अध्यक्ष संगिता अर्यालले क्लबले स्वच्छ खानेपानी सबैको आधारभूत आवश्यकता रहेको उल्लेख गर्दै अस्पताल जस्तो पवित्र ठाउँमा खानेपानीको धारा निर्माण गर्न पाउदा खुशी लागेको बताउनुभयो । धारा निर्माणमा अस्पताल प्रशासनको सहयोग मिलेको बताउर्दै उहाँले आभार समेत व्यक्त गर्नुभयो ।। धारा निर्माणमा क्लबकी अध्यक्ष संगिता अर्याल र जस्मिन पेन्टसका सञ्चालका लक्ष्मण अर्याल सहयोग रहेको क्लबकी सचिव दिपा पुरीले जानकारी दिनुभयो ।झन्डै १ लाख जतिको लागतमा निमार्ण भएको सो धारा अस्पतालको आकम्कि कक्ष अगाडी सबैलाई सहज हुने ठाउँमा निमार्ण गरिएको छ । क्लब अफ नारायणीका चार्टड अध्यक्ष विनिता भट्रटराईले धाराको रेखदेखमा अस्पताल परिवारले ख्याल गर्न आग्रह गर्नुहुदै सेवाग्राहीलाई पनि पानीको सदुपयोग गर्न अपिल गर्नुभयो   


प्रतिकृया दिनुहोस