पूर्व मन्त्री सूर्यमान गुरुङको शालिक अनावरण

 
काठमाडौ,२० ,वैशाख । नेपाल सरकारका पूर्व मन्त्री कांग्रेस नेता सूर्यमान गुरुङको शालिक अनावरण गरिएको छ । उहाँको वार्षिक पुण्य तिथि पछि आयोजित  भागवत एकाह पाठ पारायण कार्यक्रमाका अवसरमा उहाँको काठमाडौ १० स्थित  निवास वानेश्वरमा  शुक्रवार धर्मपत्नि हर्क कुमारी गुरुङले शालिक अनावरण गर्नुभएको हो ।
उहाँको स्मृतिमा  निवासमा आयोजीत सो भागवत एकाह पाठपारायण कार्यक्रममा रुद्री पुजा पुजा   ,लाखवत्ती प्रज्वलन लगायतका अनुष्ठान समेत गरिएको थियो  । सो एकाहा पाठपारायण कार्यक्रमका नेतृत्व गर्नुभएका उहाँहरुको पारिवारिक पुजाँरी  शान्तिराम भट्टराईका अनुसार वर्षदिन पछि यस्ता कर्म गर्नाले दिवंगतहरुको २१ कुलसम्म मोक्ष हुने , परिवारका छोरा छोरी, नातिनातिना सबैको राम्रो हुने  छ । पुजारी भट्टराईले वर्षदिन पछि गरिने यस्ता कर्महरु पितृकै नाममा गरिने भएकोले पितृ उद्धारका लागि यस्ता कर्म गर्न आवश्यक रहेको बताउनु भयो । उहाँको जेष्ठ सुपुत्र ईन्द्रमान गुरुङले आफ्नो पुर्खाहरुले गर्ने गर्ने कर्म आफुहरुले पछ्याएको भन्नुभयो । उहाँले घरमा नै शालिक अनावरण गर्न पाउदा खुशी लागेको भन्नुहुदै ,  विहानबेलुका उहाँको स्मरण गर्न ,परिवारका सबैलाई सहज हुने भनाई राख्नुभयो । सो अनावरण कार्यक्रममा  , नेपाली कांग्रेसका नेता , पूर्व मन्त्री सीता गुरुङ, एमालेका नेता  पूर्व मन्त्री योगेश भट्टराई , नेपाली कांग्रेस केन्द्रिय सदस्य राधा घले , पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक वुद्धिराज गुरुङ, नेपाली कांग्रेस बाग्मती प्रदेश कार्यसम्पादन समिति सदस्य तारा गुरुङ,   लगायत उहाँहरुको पारिवार सगै  नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।
 
वि.स १९९८ वैशाख १० मा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ६ उहाँको  जन्म भएको थियो भने  २०८१  वैशाख २५ गते काठमाडौमा  ८४ वर्षको उमेरमा निधन भएको थियो । 
२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनीतिक यात्रा शुरु गर्नुभएका पूर्वमन्त्री गुरुङले २०१८ सालमा काग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाचथरको नेतृत्व गर्नुभएको थियो  । उहाँले  २०१८ साल चैत्र १७ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जागरी कारागारका कैवीबन्दी भगादिनुभएको थियो  । त्यहीवेला देखि भुमीगत हुनुभएका गुरुङ  ९ वर्ष सम्म  निर्बासनमा वस्नुभएको थियो  । उहाँले  ५ वर्ष जेल जीवन पनि व्यतित गर्नुभएको थियो । उहाँ २०३९ सालदेखि ४६ सालसम्म तत्कालिन जिल्ला पञ्चायतको (हालको जिसस) सभापति समेत हुनुभएको थियो । उहाँले ताप्लेजुङ जिल्लाबाट २००५१ साल, २०५६ सालमा सांसदको टिकट पाउनुभएको थियो । तर बिजयी बन्न  सक्नु भएन । उहाँ २०६४ सालको निर्बाचनमा अध्याधिक मतका  प्रतिनिधिसभाको सदस्य निवार्चित हुनुभएको थियो  । २०७० सालमा काग्रेसको समानुपातीक वाट सांसद हुनुभएका उहाँ  २०७३ सालमा एक पटक श्रम तथा रोजगार र अर्का एक पटक स्थानीय विकास मन्त्री हुनुभएको थियो  । भारतको  दार्जिलिङ बाट स्नातक तहसम्मको अध्ययन गर्नुभएका उहाँ २०५७ देखि ६७ सालसम्म १० वर्ष काग्रेस ताप्लेजुङको पार्टी सभापति समेत रहनुभएको थियो ।  उहाँको  एक श्रीमती दुई छोरा र  तीन  छोरी हुनुहुन्छ  । कान्छा छोरा लोचनमान गुरुङले फुङलिङ नगरपालिका ६ स्थित पुख्यौली घरमा पनि वार्षिक पुण्य तिथि पछि गरिने  धार्मिक अनुष्ठान गरिने जानकारी गराउनु भयो । 



प्रतिकृया दिनुहोस