दिवंगत ढकालको सम्झनामा श्रद्धान्जली अपर्ण

गुञ्जनगर, २६,जेठ । पश्चिम चितवन निवासी धार्भिक तथा सामाजिक व्याक्तित्व मोतीलाल ढकाल दिवंगत हुनुभएको नवौं दिनको पुण्य तिथीका दिन चितवन क्षेत्र ३ का प्रतिनिधी सभासदस्य  पुर्व मन्त्री विक्रम पान्डे सहित  विभिन्न  महानुभावले श्रद्धान्जली अपर्ण गर्नुभएको छ ।  स्व.  ढकालको किरिया कर्म गरिएको  स्थान निवास भरतपुर १८ गुञ्जनगरमा नै पुगेर श्रद्धान्जली अपर्ण गरिएको हो । सो क्रममा वाग्मती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेल, पुर्व सदस्य रिना गुरुगं लगायत नेता तथा कार्यक्रताहरुले श्रद्धान्जली अपर्ण गर्नुभएको छ ।  विभिन्न धार्मिक तथा सामाजिक संघसस्थामा आवद्ध उहाँको यही जेठ १७ गते ९१ वर्षको उमेरमा निधन भएको थियो । भरतपुर १८ मा नै रहेको  श्री परमानन्द स्मृति वैदिक विधाभवन गुरुकुल विधालय व्यवस्थापन समितिका सस्थापक अध्यक्ष उहाँ सल्लाकार समेत हुनुहुन्थ्यो । यसैगरी वैदिक धर्म परिषद् नेपालको पूर्व केन्द्रिय सदस्य उहाँ चितवनमा हुने हरेक धार्मिक गतिविधिमा सक्रियताका साथ सहभागी हुनुहुन्थ्यो  । उहाँ भिमनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य , गुञ्जनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पूर्व उपाध्यक्ष, चनौली दुग्ध उत्पादक सहकारी सस्थाका सस्थापक अध्यक्ष एवं सल्लाहाकार , चनौली रेडक्रसका पुर्व उपसभापति, चनौली ब्राह्मण समूह वरिष्ठ मार्गदर्शक उहाले राप्रपा चितवनको विभिन्न तह र तप्कामा रहेर कार्य गर्नुभएको थियो । गुञ्जनगरमा  ास्याङ्जा जिल्ला पञ्चमुल गा।वि।स। ढकालथोकमा  जन्मिनुभएका उहाँ २०२९ सालदेखि चितवनको भरतपुर वडा न. १८ गुञ्जनगरमा  बसोबास गर्दै आउनु भएको  थियो । उहाँका ५ जना छोराहरु रहेनुभएको छ । उहाँ चितवन जिल्ला अदालत वार एशोसिएसन अध्यक्ष फूलमाया रानाभाटको शशुरा समेत हुनुहुन्छ । पापड चितवनका सदस्य समेत रहनुभएको छ । दिवंगत ढकालको सस्झनामा पापड चितवनमा आवद्ध विभिन्न सस्था सहित डिलए चितवनका प्रनिनिधीहरुले पनि  निवासमा नै पुगेर शोक प्रकट गर्नुभएको छ । यसैगरि भरतपुरमा रहेको आर्दश नारी विकास केन्द्रले पनि समवेदना पत्र सहित श्रद्धान्जली अर्पण गरेको छ । दिवंगत ढकालको वुहारी रानाभाट विकास केन्द्रको कानुनी सल्लाहकार समेत  हुनुहुन्छ  छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गर्मीमा बेलफल खानुका यस्ता छन् फाइदा

अषार, ३ चितवन । औषधीय गुणले भरिपूर्ण बेलफल  खानु अत्यन्तै स्वास्थयवद्धक मानिन्छ ।  एक अत्यन्तै औष...