गर्मीमा बेलफल खानुका यस्ता छन् फाइदा

अषार, ३ चितवन । औषधीय गुणले भरिपूर्ण बेलफल खानु अत्यन्तै स्वास्थयवद्धक मानिन्छ । एक अत्यन्तै औषधीय गुणले भरिएको फल हो, जुन आयुर्वेदमा विशेष महत्व राख्छ। बेल रुघा, अपच, शरीर गर्मी हटाउन तथा शरीरका भित्री रोगहरुको निर्मूलताका लागि उपयोगी मानिन्छ । बेलको बाहिरी कबज अत्यन्तै साह्रो हुन्छ । नरिवल झै फोड्नुपर्ने हुन्छ । पाकेको बेललाई काँचै, जुस बनाएर तथा चुर्ण बनाएर समेत प्रयोग गर्न सकिन्छ । मधुमेह रोगीका लागि पनि बेल उत्तम मानिन्छ ।
बेलको फलमा मात्र होइन पातमा पनि निकै धेरै औषधीय गुण पाइन्छ । यसका पातलाई पिनेर यसको रस दिनमा दुई पटक सेवन गर्नाले मधुमेह रोगीका लागि निकै फाइदाजन हुन्छ । त्यस्तै रक्त अल्पता भएका बिरामीहरुले सुखेको बेलको चुर्णलाई तातो दुध तथा मिश्रीसँग घोलेर खानाले निकै लाभदायक हुन्छ ।
नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ । यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ । फलको पातलाई पिसेर रस खानाले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।
बेलमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश (डिटक्सिफाई) गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ । बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।
पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ । बाहिरी आवरण एकदम कडा हुने यो फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन्, जसमा बीउ र सुन्तला रङको भित्रीभाग हुन्छ । यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन् ।
नेपालमा बेल पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ । हाल बेलको उन्नत जातका बिरुवाको खेती गर्ने चलन पनि छ । बेलको जरा आयुर्वेदिक औषधीय पद्धतिमा तयार गरिने ‘दसमूल’ मा प्रयोग गरिन्छ । नपाकेको फल झाडापखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ ।
यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन् । यसको पाकेका फलको गुदीबाट सर्बत पनि बनाउने गरिन्छ । अंग्रेजीमा उड एपल, एलिफेन्ट एपल, मंकी फ्रुट भनेर चिनिने यो फलको जुस र जाम बनाएर प्रयोग गर्ने गरेको पाइन्छ । बेलबाट विभिन्न मिठाइ तथा केक पनि बनाउन सकिन्छ ।
के–के पाइन्छ बेलमा ?
कार्बोहाइडेड ३१.८ एमजी, चिल्लो पदार्थ ०.३ एमजी, प्रोटिन १.८ एमजी, भिटामिन ५५ एमजी, भिटामिन सी ६० एमजी, क्याल्सियम ८५ एमजी, पोटासियम ६०० एमजी, फाइबर २।९ एमजी, शक्ति १३७ केजी क्यालोरी ।
कसरी खाने बेल ?
बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ । सलादको रुपमा खाना खानुअघि खान सकिन्छ । नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ । डेजर्टको रुपमा खानाको अन्तिम समयमा पनि बेलको मात्रा लिन सकिन्छ । बेलको जाम पनि मात्रा मिलाएर नियमित लिनाले फाइदा पुर्याउँछ ।
बेलका फाइदा
– शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ ।
– कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ ।
– पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ ।
– युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ ।
– अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी
मानिन्छ ।
– नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ ।
– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक दुई मात्राले नै बमन रोक्न मद्दत हुन्छ ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ ।
– बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने
गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ ।
– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ ।
– बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ ।
– यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।
– बेलको नियमित सेवनले आवाज सुरिलो बनाउन मद्दत गर्नुका साथै मुटुसम्बन्धी रोग निदान गर्छ ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ ।
– मिर्गौलाका लागि पनि बेल उत्तम फल हो ।
– सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पुर्याउँछ ।
– बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पुर्याउँछ ।
– यौन रोग तथा नपुंसकताका बिरामीहरुलाई पनि बेल निकै लाभदायी मानिन्छ । यसले यस्ता रोग निवारणमा सहयोग पुर्याउँछ ।
प्रतिकृया दिनुहोस