बेलचोकका गैरेबाट बागीश्वरीमा सहयोग

बागीश्वरीधाम, असार २३ । भरतपुर १ देवघादटधाममा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्र, देवघाटधाममा विविध प्रकारका धार्मिक तथा सेवामूलक कार्यमार्फत प्रेरणादायी योगदान दिनुभएको छ। भरतपुर महानगरपालिका–३ बेलचोक निवासी धार्मिक तथा सामाजिक व्यक्तित्व टीकाराम गैरेले आफ्ना स्वर्गीय पिता दधिराम गैरेको स्मृतिमा उक्त केन्द्रको स्थायी सदस्यता स्वरुप ११ हजार रुपैयाँ सहयोग समेत ग्रहण गर्नुभएको छ। यस कार्यमार्फत उहाँले धार्मिक संस्कार र सामाजिक दायित्वप्रतिको गहिरो प्रतिबद्धता देखाउनुभएको छ।
सका साथै, दाता गैरेले आश्रममा आश्रित गौ सेवकहरू, बटुकहरू लगायत सम्पूर्ण परिवारीक सदस्यहरूलाई बिहानीको मिष्ठान्न भोजनको व्यवस्था समेत गर्नुभएको छय । सोमवार आश्रममा नै उपस्थित भएर उहाँले सो सेवामुलक कार्य गर्नुभएको हो । कार्यक्रममा उपस्थित परिषद्का संरक्षक शान्त प्रसाद पोखरेलले दाताहरुको सहयोगले नै परिषद्को गौ संरक्षण, अभियान सहयोग पुगेको बताउनु भयो ।, परिष्दका अध्यक्ष अध्यक्ष्ँ शैलेन्द्र पियाले केन्द्रमा रहेका स्थानिय प्रजातिका गाईहरुको
संरक्ष्ँणको लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा नै उपस्थित परिषद् महासचिव अशोक पोखरेलले सेवामुलक यस्ता पुण्यकार्यको सराह्नाय आश्रममा रहेका सबै प्रकल्पहरु मार्फत वैदिक सनातन सस्कृतिको संरषण अभियानमा आश्रम लागि परेको भनाई राख्नु भयो । गौ संरक्षण केन्द्रका अध्यक्ष दुर्गा प्रसाद भन्डारीले गौशालामा झन्डै २ सय प्रजातीका गाईहरुको संरक्षण गरिएको जानकारी गराउनु भयो ।
यस आश्रममा वैदिक गौशाला, समावेशी गुरुकुल , योग तथा प्राकृतिक चिकित्सालय,धार्मिक वन लगायतका विभिन्न प्रकल्पहरु सञ्चालनमा आइरहेका छन् ।

प्रतिकृया दिनुहोस