योगी नरहरिनाथ आश्रममा मनाइयो गुरु पुर्णिमा एवं व्यास जयन्ती
OmkarKhabar
भरतपुर,असार,२७ । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा गुरु पुर्णिमा एवं व्यास जयन्तीको पावन अवसरमा गुरु पुर्णिमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भरतपुर १ देवघाटधाममा रहेको यस आश्रममा रुदी पाठ , गुरु पुजन ,लगायत विभिन्न कार्यक्रम गरी गुरु पुर्णिमा मनाएको हो । आश्रमका संरक्षक बलभद्रनाथ योगीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको थियो ।सो सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिी बलभद्रनाथले गुरुमहिमा शास्त्रिीय महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।। परिषद्का अध्यक्ष शैलेन्द्र कुमार पियाको अध्यक्षतामा भएको सो कार्यक्रममा नाथ सम्प्रदायका चर्चित योगी व्याग्र्रवेदनाथ, योगी खेचरनाथ , आश्रमबाट नै सञ्चालित समावेशी गुरुकुलका प्रार्चाय खिमनाथ चालिसे लगायतले गुरुपुर्णिामा बारे बताउनु भएको थियो । परिषद्का महासचिव अशोक पोखरेलले र गूरुकुलका सहप्राचार्य भोजराज भट्टले सहजिकरण गर्नुभएको सो कार्यक्रममा गुरुकुलका शिक्षक तथा छात्रहरुले बाध्यवादन सहितको गुरुपूर्णिमा विशेष भजन , गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य विनु रायमाझी पौडेल , परिषद् संरक्षक शान्त प्रसाद पोखरेल, य परिषदका कोषाध्यक्ष रिना कोइराला, गौ केन्द्रका अध्यक्ष दुर्गा प्रसाद भन्डारी ,परिषद् सदस्यहरु सुकमाया भुजेल, रुपा पिया ,प्रेम कुमारी तमागं , संगीता श्रेष्ठ , प्रशासन प्रमुख कमल पान्डे लगायत विभिन्न श्रद्धालुहरुको उपस्थिती रहेको थियो । ब्यास जयन्ती तथा गुरु पुर्णिमाको अवसरमा गुरुभन्डारा , गुरुपुजन, आशिर्वाद ग्रहण, रुद्धीपुजा लगायतका धार्मिक अनुष्ठान समेत गरिएको थियो । । यस आश्रममा वैदिक गौशाला, समावेशी गुरुकुल , योग तथा प्राकृतिक चिकित्सालय,धार्मिक वन लगायतका विभिन्न प्रकल्पहरु सञ्चालनमा आइरहेका छन्
प्रतिकृया दिनुहोस