श्रावण : के खाने, के नखाने ?

श्रावण महिनामा धेरै मानिसहरू शाकाहारी भोजन गर्छन्। धार्मिक या वैज्ञानिक दुवै हिसाबले शाकाहारी भोजन उत्तम मानिन्छ। यो आफ्नो शरीरका लागि एक ठूलो त्याग पनि हो । श्रावणमा शाकाहारी भोजन गर्नाले मानिसको तन र मनलाई शान्त र स्वास्थ्य राख्छ । एक त शाकाहारी भोजन प्राकृतिक पनि हो ।
धर्मकर्म भक्तिभावमा लाग्ने र उपवास गरेर शुद्ध शाकाहारी भोजन गर्ने महिना पनि हो श्रावण । हुन त यो महिना शरीरले शुद्धीकरण गर्ने मौका पनि पाउँछ ।
श्रावनमा शाकाहारी जुनै कुरामा सबैको आ-आफ्नो धारणा छ । वर्षात्‌को मौसम भएका कारण विविध संक्रमणबाट बच्न पनि माछामासु नखाने हुन्छ ।  भोजनमा पर्याप्त मात्रामा फाइबर पाइने हुँदा रोगमुक्त हुन पनि सहयोग गर्छ। वनस्पतीय भोजनमा पनि हाम्रो शरीरलाई चाहिने हरेक तत्व पर्याप्त छ भन्ने प्रमाणित छ। जुन कुरा जन्मशिद्ध शाकाहारी लाखौंले देखाएका छन् । शरीरमा चङ्गा र ताजगी ल्याउने सर्वोतम भोजन नै शाकाहारी हो । 
हुन पनि शाकाहारी भोजनले मानव जीवनमा सादगीपन र सरल जीवनशैली जीवन जीउन पर्याप्त सहयोग पुर्‍याइरहेको हुन्छ ।


शाकाहारी हुन सक्नु एउटा आट त शक्ति पनि हो । यो एक ठूलो त्याग पनि हो । जो कोहीले सजिलै अपनाउन पनि सक्दैन । यदि आफ्नो आत्माबल मजबूत भएको र आफूप्रति पूर्ण विश्वास भएको व्यक्तिले मात्र त्याग गर्न सक्छ । कत्ति मानिसहरूमा भोक खप्नै नसक्ने बानी हुन्छ । यो बिल्कुल गलत हो । जो मान्छे शारीरिक रूपमा मोटो छ उसैलाई धेरै भोक लाग्छ र पटक-पटक खाइरहनु पर्ने हुन्छ । यसले रोग निम्त्याउनुबाहेक कुनै काम गर्दैन ।
यदि कुनै मानिसले श्रावणमा शाकाहारी भोजन अपनाउँछ भने यो उसको शरीरको लागि त्याग हो भने अझ दशैंमा पनि एक महिना शाकाहारी भोजन गर्छ भने त झन् यो अझ ठूलो त्याग हो । जुन धेरै कम व्यक्तिले मात्र अपनाउन सक्छन् । तर सक्दै नसक्ने भने पक्कै हुँदैन । जसका लागि मात्र सङ्गत, समर्पण र माहोल बनाउन सक्नु पर्छ ।


यदि दशैंमा धेरैले माछा मासु नखाएर शाकाहारी भोजन गर्ने वातावरण तयार हुन्छ भने धेरैलाई खाने मन हुँदैन । श्रावणमा पनि शाकाहारी भोजन गर्ने माहोल नै सृजना हुने हुँदा जो कोहीलाई खासै गाह्रो हुँदैन । तर दशैं तिहारको चाडबाडमा शाकाहारी हुने माहोल नै कम हुन्छ । जसको घरमा नि मासु नै पाकेकै हुन्छ । तसर्थ शाकाहारी हुन र उपवास बस्न माहोल र कसैको प्रेरणाको पनि जरुरी हुन्छ ।


विज्ञहरूको भनाइमा श्रावणमा शाकाहारी भोजन सेवन गर्नु र उपवास बस्नु भनेको गम्भीर रोगहरूको जोखिम घटाउनु र आफ्नो आत्मा नियन्त्रण बढाउने एक अवसर पनि हो । तसर्थ श्रावणलाई धार्मिक आस्था र परम्परालाई परम्पराको आखाले मात्र नहेरी वैज्ञानिक हिसाबले पनि बुझ्न आवश्यक हुन्छ। हामीले के खान्छौं मात्र होइन हामीले के सोच्छौं भन्ने कुराले पनि ठूलो अर्थ राख्छ । तसर्थ पनि माछामासुबेगर खाना नै नखाने मान्छेले पनि यो महिनामा शाकाहारी भोजनलाई स्वीकार गरेको हुन्छ । यो उसको सोच र आस्थाले पनि हो ।


श्रावणमा के खाने,के नखाने त?


हामीले तोडिसकेको भोजन कानून त्याग र समर्पणमा फर्काउन त्यति सजिलो नभएता पनि असम्भव भने छैन। निरन्तर अभ्यास, त्यागको भावना, सङ्गत र प्रेरणाको आवश्यकता रहन्छ ।


भगवान शिवको महिमा बोकेको श्रावण महिना धेरैले चासोका साथ हेरेका हुन्छन् । भगवान शिवको अर्को नाम सोम पनि हो । तसर्थ श्रावण महिनाको सोमबार निराहार व्रत बस्नेहरू पनि उल्लेख्य हुन्छन् । भोकलाई त्यागेर बस्न सक्नु एक आफ्नो आत्मालाई नियत्रणमा राख्न सक्नु हो । यसले आन्तर आत्मा मात्र होइन भौतिक शरीरलाई पनि आनन्दित र स्वस्थ रहन मद्दत पुर्‍याउँछ ।


तसर्थ, श्रावण मा मात्र होइन वर्षभरि हप्ताको एक दिन उपवास बस्न सके उत्तम मानिन्छ । श्रावणमा सामान्यतया लसुन प्याजबिनाको सात्विक भोजन सेवन गर्नु उत्तम मानिन्छ । लहरे सब्जी श्रावणका लागि उत्तम भोजन मानिन्छ ।


आयुर्वेदिक सिद्धान्तअनुसार सात्विक भोजनमा ताजा, प्राकृतिक र सजिलै पचाउन सकिने भोजन रोज्नु राम्रो मानिन्छ । ताजा फलफूल, ताजा तरकारी, उमारेको गुडागुडी, ड्राइ फ्रुट्स, दूध-दही र केही सरल खालका मसला प्रयोग गर्न सकिन्छ ।


माछामासु, लसुन प्याज, तारेको परिकार, प्रशोधित खाद्य पदार्थ, उत्तेजक अमिलो पिरो परिकार्, धेरै गुलियो पदार्थ साउनमा सेवन नगर्दा उत्तम मानिन्छ । सीमित मरमसला हालेको सादा परिकार पस्कन सकेमा साउनका लागी उत्तम भोजन हुन्छ । बासी र किण्वित (फर्मेन्टेड्) परिकार भोजनमा समावेश नगर्दा राम्रो मानिन्छ । 


जाड रक्सीजस्ता मादक पदार्थ पनि यो महिनामा वर्जित गरिएको हुन्छ । भन्नुको तात्पर्य राजसिक र तामासिका भोजन यो महिना बहिष्कार गरिएको मानिन्छ । 


जस्तो भोजन उस्तै स्वभाव विकास हुने हुँदा हामीले खाना खानु अगाडि सोच्नु पर्ने हुन्छ । मनको तृप्ति र जिब्रोको स्वादको लागी भन्दा ताजा, सुपाच्य र हल्का प्रकृतिका परिकार रोज्नु पर्ने हुन्छ । शरीरको प्रकृति विरुद्धका परिकारले स्वयंलाई हानी पुर्‍याउने हो र यस्ता खानाले बुद्धि विवेकलाई उल्टो दिशामा घुमाउन सघाउ पुर्‍याउँछ ।


हाम्रो भौतिक शरीर भोजनको रूपान्त्रणअनुसार निर्माण भएको हुन्छ । मन शुद्ध छैन भने शरीर शुद्ध पार्न कठिन हुन्छ र यस्तो भावले खाएको भोजन पनि शुद्ध हुँदैन । 


स्वास्थ्य र दीर्घ जीवनका लागि आफूले सेवन गर्ने भोजनमा निर्भर रहन्छ । भोजन के हो ? कति खाने ? कसरी खाने ? र किन खाने ? यो कुरा बुझ्नु अत्यन्त जरुरी हुन्छ ।https://lokaantar.com/story/293913/2025/7/19/




श्रावण महिनाको पहिचान र महत्व भनेको शाकाहारी र उपवास बस्नु पनि हो । वनस्पति आधारित भोजनले एक त विविध रोग लाग्नबाट बचाउँछ भने अर्कोतर्फ शरीरको पाचन प्रक्रियामा पनि सहज गराउन मद्दत पुर्‍याइरहेको हुन्छ । नियमित शाकाहारी भोजन अपनाउनेलाई क्यान्सर र मिर्गौंला रोगको खतरा कम हुने अध्ययनले नै देखाएको छ ।





प्रतिकृया दिनुहोस