मारवाडी सेवा केन्द्रको श्रद्धान्जलीसभा

साउन ९, नारायणगढ । चितवनको प्रमुख शहर नारायणगढमा रहेको सामाजिक सस्था माडवारी सेवा केन्द्र नारायणगढले आज शुक्रवार श्रद्धान्जली सभा आयोजना गरेका छन् । आफ्नो कार्यलय समेत रहेको भरतपुर महानगर ३ का वडा अध्यक्षको दिवंगत आमाको स्मृतिमा श्रद्धान्जली सभा आयोजना गरेको हो ।

भरतपुर ३ , बेलचोक ,भगवती टोल स्थित वडा अध्यक्ष थापाको निवासमा पुगेर सेवा केन्द्र परिवारले श्रद्धान्जलीसभा आयोजना गरेको हो । सो क्रमा सेवा केन्द्रका पूर्व दुलि चन्द्र डागा, उपाध्यक्ष मनोज अग्रवाल, महासचिव निरज अग्रवाल,सचिव शुशिल अग्रवाल लगायत सदस्यहरुको उपस्थिती रहेको थियो । उहाँको माता झनदेवी थापाको साउन १ गते ७७ वर्षको उमेरमा निधन भएको थियो । उहाँको वडा अध्यक्ष थापा सहित ४ छोराहरु विस्सु थापा, विदुर थापा र बिनेश थापा रहनुभएको छ । उहाँको श्रीमान् गोकुल बहादुर थापाको गत कार्तिकमा निधन भएको थियो ।


प्रतिकृया दिनुहोस