यस्ता छन् वेसार धेरै सेवन गर्दाका वेफाइदाहरु

चितवन ,१३ ,साउन । वेसार हामी सबै नेपालीको भान्सामा नभै नहुने मसलाजन्य पदार्थ हो । बेसार विनाको तरकारी हामीले सायदै पकाउछौ । यसलाई सर्वाेओषधीको रुपमा आयूर्वेदमा व्याख्या पनि गरिएको छ । यो सेवन गर्नुको  धेरै फाइदा पनि छन् । हाम्रोमा धेरै कुनै पनि वस्तुको सेवन गर्न नहुुने भनाई पनि व्याप्त छ । वेसार पनि उचितमाात्रामा सेवन गरिएन भने यसले वेफाइदा पनि गर्छ । यस्ता छन् वेसार धेरै सेवन गर्दाका वेफाइदाहरु 

सामान्यतया परम्परागत तरिकाले उचित मात्रामा बेसार सेवन गर्नु सुरक्षित हुन्छ। यद्यपि खानामा धेरै बेसार सेवन गर्नु वा धेरै ट्याब्लेट सेवन गर्नुले पनि नराम्रो प्रभाव पार्न सक्छ।
धेरै बेसार सेवन गर्दा वाकवाकी लाग्ने, बान्ता हुने, एसिड रिफ्लक्स (छाती र घाँटीमा जलन), पेट दुख्ने, पखाला वा कब्जियत जस्ता समस्या हुन सक्छन्।
पोषण विशेषज्ञ डा. सीमा गुलाटी भन्छिन्,‘यदि कसैलाई बेसारसँग व्यक्तिगत समस्या छ भने त्यो फरक कुरा हो। तर यदि बेसार तोकिएको मात्रामा लिइयो भने अहिलेसम्म कुनै हानि देखिएको छैन।’
रगतमा कर्क्युमिनको प्रभाव र एस्पिरिनसँग यसको प्रयोगको सम्भावित परिणामबारे पनि धेरै अध्ययन भएका छन्। सीमा गुलाटी भन्छिन्, ‘यसलाई धेरै मात्रामा सेवन गर्दा कहिलेकाहीं ग्यास्ट्रिक समस्या वा एस्पिरिन जस्तो प्रभाव पर्न सक्छ।’
डा. आत्रेका अनुसार एस्पिरिन जस्ता औषधि लिने मानिसलाई बेसार नखान सल्लाह दिइन्छ वा रगत पातलो हुने समस्या भएका मानिसलाई पनि बेसार नखान सल्लाह दिइन्छ।
 

प्रतिकृया दिनुहोस