शनि ग्रह र घरको वास्तु सम्बन्ध

  • शनिबार शनिदेवको दिन हो, जसलाई न्याय र कर्मफलदाता मानिन्छ।
  • शनि ग्रहले ज्योतिषमा कर्म र वास्तुमा विभिन्न वस्तुको प्रतिनिधित्व गर्छ, र यसको प्रभाव लामो समयसम्म रहन्छ।
  • वास्तुशास्त्र अनुसार, घरको पश्चिम दिशा शनि ग्रहसँग सम्बन्धित छ, जसलाई सफा राख्नुपर्छ।
आज शनिबारको दिन । यो दिन शनिदेवसँग सम्बन्धित र समर्पित छ । शनिदेवलाई न्यायका देवता र कर्मफलदाताका रूपमा लिइन्छ । ज्योतिषीय दृष्टिकोणले हेर्दा शनि ग्रहलाई शनिश्चर भनिन्छ र यसलाई दुःख, कष्ट, सङ्घर्ष, त्याग, धैर्य र अनुशासनको कारक मानिन्छ । मानिसहरू शनि ग्रहले केवल नकारात्मक परिणाम मात्र दिन्छ भन्ने गरेको पाइन्छ, वास्तवमा शनिले कर्मको उचित फल प्रदान गर्छन् भन्ने शास्त्रीय मान्यता छ । यस ग्रहले ज्योतिषमा कर्मको कारक र वास्तुशास्त्रमा विभिन्न वस्तुहरूको प्रतिनिधित्व गर्छ ।



ज्योतिषशास्त्र अनुसार शनि ग्रह ग्रहमण्डलमा सबैभन्दा ढिलो गतिको ग्रह हो । यसले एउटा राशि पार गर्न करिब साढे दुई वर्ष लगाउँछ र सम्पूर्ण बाह्र राशिचक्र पूरा गर्न लगभग ३० वर्षको समय लिन्छ । यसैले यसको प्रभाव दीर्घकालीन र विशेष महत्त्वपूर्ण हुने गर्छ । शनि ग्रहलाई ज्योतिषशास्त्र अनुसार न्याय, अनुशासन, मेहनत, धैर्य, जिम्मेवारी र वैराग्यको कारक मानिन्छ । यी सबै कारणको परिणाम सकारात्मक या नकारात्मक कस्तो रहन्छ भन्ने जन्मकालीन शनिको अवस्था, जातकको पेसा या कर्म र गोचरको अवस्थाका आधारमा निर्धारित हुन्छ ।तपाईंको कुण्डलीमा शनि कमजोर वा पीडित छ भने त्यसको प्रभाव जीवनमा नकारात्मक हुन सक्छ । यस्तो अवस्थामा अनेकौँ कष्ट, असफलता, स्वास्थ्य समस्या र आर्थिक अभावको सामना गर्नुपर्ने हुन सक्छ । जन्मकालीन शनि सकारात्मक छ भने सकारात्मक परिणाम दिन्छ । साढेसाती र अढैयाजस्ता शनिका दशाकालमा मानिसको धैर्य र सहनशीलताको ठुलो परीक्षा हुने गर्छ । यस समयमा व्यक्तिलाई मानसिक तनाव, निराशा र एक्लोपनको अनुभूति हुन सक्छ । 


यद्यपि जन्मकालीन शनि बलियो र शुभ स्थानमा छ भने त्यस व्यक्तिलाई अपार सफलता, स्थिरता र सम्मानजनक अवस्था प्राप्त हुन्छ । जन्मकालीन शनि शुभ हुने व्यक्तिहरू अनुशासित, मेहनती, न्यायप्रिय र धैर्यवान् हुन्छन् भन्ने ज्योतिषशास्त्रको मान्यता छ । यस्ता मानिसले आफ्नो काममा सफलता प्राप्त गर्न सक्छन् र समाजमा उच्च स्थान पाउँछन् । शनिले दिएको सफलता स्थायी र मजबुत हुन्छ । बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा ग्रहको फल उसको दशा, अन्तरदशा र प्रत्यन्तर दशाकालमा प्राप्त हुन्छ । चाहे शुभ होस् या अशुभ । 

वास्तुशास्त्र अनुसार प्रत्येक दिशा र तत्त्वको सम्बन्ध कुनै न कुनै ग्रहसँग हुन्छ । शनि ग्रहलाई पश्चिम दिशाको स्वामी मानिन्छ । यसैले घरको पश्चिम दिशाको वास्तुसँग शनिको सीधा सम्बन्ध रहन्छ ।
शनि ग्रहलाई वास्तुशास्त्रमा पनि महत्त्वपूर्ण रूपमा हेरिन्छ । यस शास्त्रमा पञ्चतत्त्व पृथ्वी, जल, अग्नि, वायु, आकाशसँगै दिशाहरूको सन्तुलनलाई महत्त्व दिइन्छ । यी प्रत्येक दिशा र तत्त्वको सम्बन्ध कुनै न कुनै ग्रहसँग हुन्छ । शनि ग्रहलाई पश्चिम दिशाको स्वामी मानिन्छ । यसैले घरको पश्चिम दिशाको वास्तुसँग शनिको सीधा सम्बन्ध रहन्छ ।https://www.ratopati.com/story/504364/

वैदिक साहित्य र शास्त्रहरूले वास्तु र ग्रहहरूको महत्त्वलाई विशेष रूपमा व्याख्या गरेका छन् । अथर्ववेदमा वास्तु र भवन निर्माणका नियमहरूको चर्चा गरिएको छ, जहाँ दिशाहरूको महत्त्वलाई विशेष स्थान दिइएको पाइन्छ । शनिलाई कर्मफलदाता मान्नुको पछाडि गहिरो दार्शनिक आधार छ । वैदिक मान्यता अनुसार प्रत्येक व्यक्तिले आफ्नो कर्मको फल भोग्नैपर्छ । शनिले कर्मफलको न्यायपूर्ण वितरण गर्ने भएकाले ज्योतिषीय या वास्तुशास्त्रीय विधिबाट शनिदेवलाई सकारात्मक बनाउनु आवश्यक हुन्छ । 

वास्तुशास्त्र अनुसार घरको पश्चिम दिशाको अवस्थाले शनिको शुभ र अशुभ प्रभावलाई निर्धारित गर्छ । पश्चिम दिशामा कुनै दोष छ भने शनिदेवको नकारात्मक प्रभाव बढ्न सक्छ । यसले घरका सदस्यहरूमा आलस्य, निराशा, स्वास्थ्य समस्या र काममा बाधा उत्पन्न गर्न सक्छ । त्यसैले घर या भवन निर्माण गर्दा पश्चिम दिशाको वास्तुदोष हुन नदिन सचेत रहनुपर्छ । 

घरको पश्चिम दिशामा फोहोर थुप्रिएको वा अस्तव्यस्त भएको अवस्थामा शनि कमजोर हुन्छ । यस दिशालाई सधैँ सफा र खुला राख्दा वास्तुदोष र कमजोर शनि सकारात्मक बन्न सक्छ । शौचालय र सेप्टिक ट्याङ्कका लागि पश्चिम दिशा उपयुक्त मानिन्छ । यसले शनिको नकारात्मक ऊर्जालाई बाहिर निकाल्न मद्दत गर्छ भन्ने वास्तुशास्त्रीय मान्यता छ ।

घरको पश्चिम दिशामा फोहोर थुप्रिएको वा अस्तव्यस्त भएको अवस्थामा शनि कमजोर हुन्छ । यस दिशालाई सधैँ सफा र खुला राख्दा वास्तुदोष र कमजोर शनि सकारात्मक बन्न सक्छ । शौचालय र सेप्टिक ट्याङ्कका लागि पश्चिम दिशा उपयुक्त मानिन्छ ।
स्थिरता र सफलताका लागि पश्चिम दिशामा ठुला र भारी फर्निचर वा सामान राख्नु शुभ मानिन्छ भने यस दिशामा गाढा निलो वा कालो रङ प्रयोग गर्नु राम्रो हुन्छ । यी रङको प्रयोगले शनिलाई सन्तुलित गर्न मद्दत मिल्छ ।

हाम्रो वरपरको वातावरणले हाम्रो मनस्थिति, व्यवहार र सोचाइमा प्रत्यक्ष प्रभाव पार्छ । घरको पश्चिम दिशामा फोहोर वा अस्तव्यस्तता छ भने यसले व्यक्तिमा आलस्य, उदासी र निराशाको भावना बढाउँछ । यसको सीधा सम्बन्ध शनिको नकारात्मक प्रभावसँग जोडिन्छ । घरको वातावरण व्यवस्थित हुन्छ भने मन पनि शान्त र स्थिर रहन्छ र धैर्य र अनुशासनलाई बढाउँछ ।

शनि ग्रहलाई डरको प्रतीकका रूपमा नभई अनुशासन, धैर्य र कर्मको मार्गमा हिँड्न प्रेरित गर्ने शक्तिको रूपमा बुझ्न आवश्यक छ । वास्तुका नियमहरू पालना गरेर हामी शनिदेवको कृपा प्राप्त गर्न सक्छौँ; सुखी र सफल जीवन बिताउन सक्छौँ । त्यसैले वास्तु र ज्योतिषीय रूपमा शनि ग्रहलाई बलवान् बनाउनुपर्छ । शनिबार पिपलको दर्शन, हनुमान चालिसा पाठ, घरको पश्चिम दिशाको वास्तुदोष निवारणजस्ता पहलबाट शनिदेवलाई बल दिन र सकारात्मक प्रभाव लिन सकिन्छ । अस्तु । 

(लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका महासचिव हुन् ।)




प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...