आज साउनको अन्तिम सोमबार
साउन,२६, देवघाटधाम । आज साउन महिनाको अन्तिम सोमवार , देवघाट लगायत विभिन्न्न धामहरुमा विहानै स्नान गर्नेहरुको घुइचो नै लागेको छ । देवभाटधाममा हिजो आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । यसअघिका सोमबारमा हजारौं भक्तजन देवघाटधाम आएकोमा अन्तिम सोमबार पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको बताए ।
महिला तथा पुरुष व्रतालुहरु पहेँलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् ।
प्रतिकृया दिनुहोस