असोज महिनाको मासिक राशिफल

मेष राशि
असोज महिना मेष राशिका लागि लाभदायक रहनेछ। अचल सम्पत्तिको खरिद, व्यवसाय र नोकरीमा सुधारको अवसर मिल्नेछ। प्रतिष्ठा बढ्नेछ भने सरकारी वा कानुनी मामिलामा सफलता मिल्ने सम्भावना छ। समय अनुकूल भए पनि स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनु होला।
असोज महिना मेष राशिका लागि लाभदायक रहनेछ। अचल सम्पत्तिको खरिद, व्यवसाय र नोकरीमा सुधारको अवसर मिल्नेछ। प्रतिष्ठा बढ्नेछ भने सरकारी वा कानुनी मामिलामा सफलता मिल्ने सम्भावना छ। समय अनुकूल भए पनि स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनु होला।
वृष राशि
वृष राशिका लागि असोज महिना मिश्रित रहन्छ। व्यवसाय र कार्यक्षेत्रमा उन्नति सम्भव छ। मनमा उमंग बढ्नेछ र आम्दानीमा वृद्धि हुनेछ। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि अनुकूल समय हो। विद्यार्थीले उचित समय व्यवस्थापन गर्नुपर्छ। परिवारका सन्तानसम्बन्धी चिन्ताले तनाव हुन सक्छ भने प्रेमजीवनमा उतारचढाव आउन सक्छ।
मिथुन राशि
मिथुन राशिका लागि असोज महिना मध्यम रहन्छ। आर्थिक पक्ष मजबुत देखिन्छ। जागिर वा व्यवसायका लागि यात्रा सम्भव छ। विलासी वस्तुहरूमा खर्च बढ्न सक्छ, तर धन सञ्चय गर्न कठिन हुनेछ। सरकारी कर्मचारीका लागि कार्यक्षमता बढ्नेछ। मातापिताको स्वास्थ्य कमजोर हुन सक्छ। प्रेमसम्बन्ध सामान्य रहनेछ।
कर्कट राशि
कर्कट राशिका लागि असोज महिना राम्रो रहनेछ। सूर्यको तृतीय गोचरले आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आकस्मिक धन प्राप्तिको सम्भावना छ। प्रेम जीवन सामान्य रहनेछ। दाजुभाईसँग सामान्य विवाद हुन सक्छ। नेतृत्व क्षमता बढ्नेछ।
सिंह राशि
सिंह राशिका लागि असोज महिना मध्यम रहनेछ। सूर्यको गोचर दोश्रो भावमा भएकाले कार्यक्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभका लागि संघर्ष आवश्यक छ। दीर्घकालीन लगानीमा सतर्क रहनुपर्छ। विद्यार्थीका लागि राम्रो समय छ, तर प्रेमजीवनमा उतारचढाव देखिन्छ। बोलीमा नियन्त्रण राख्नुपर्ने समय छ।
कन्या राशि
कन्या राशिका लागि असोज महिना सामान्य रहन्छ। सूर्यको गोचर लग्नमा भएकाले व्यवसाय, रोजगारीमा अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। अत्यधिक आत्मविश्वासले अहंकार उत्पन्न गराउन सक्छ, सचेत रहनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। पढाईको क्षेत्र मध्यम रहन सक्छ। प्रेम सम्बन्धमा सामान्य असमझदारी देखिन सक्छ।
तुला राशि
तुला राशिका लागि असोज महिना सामान्य रहनेछ। सूर्यको गोचर बाह्रौं भावमा रहेकाले विदेश जाने अवसर मिल्न सक्छ। मुद्दा मामिलामा सफलता मिल्नेछ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्छ । पारिवारिक असमझदारी टार्न प्रयास गर्नुपर्छ। चाडै विश्वास गर्दा समस्यामा पर्न सक्ने भएकाले लेनदेनमा विचार गर्नुपर्छ।
वृश्चिक राशि
प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरणका लागि मिहिनेत गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान प्राप्त हुने समय छ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। एक पछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा हुन सक्छ। ठूला काम गर्दा भने अलि सजग रहनुहोला। प्रयत्न गर्दा दिगाे काममा जग बसाउन सकिनेछ।
धनु -
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो महिनामा घरेलु समस्यामा अलमलिनुपरे पनि केही राम्रा अवसर हातपार्न सकिनेछ। अध्ययन तथा सीप विकासका क्षेत्रमा तारिफयाेग्य काम गर्न सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। भौतिक साधन जुट्नाले राेकिएकाे काम गर्ने वातावरण तयार हुनेछ। व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने साैभाग्य प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। टाढिएका आफन्तलाई परिस्थितिले नजिक्याउनेछ। विश्वास नगरेका व्यक्तिहरूसमेत सहयोगी बन्नेछन्। अलग्गिएका साझेदार पुन: सम्झौतामा जोडिने सम्भावना छ। कामकै प्रसंगमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूका हातमा गएको धनसमेत फिर्ता गर्न सकिनेछ।
मकर -
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति अप्ठ्याराे देखिए पनि मिहिनेतले उपलब्धि दिलाउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। तारिफयोग्य काम गर्दै यश लिने अवसर प्राप्त हुनेछ। असल मित्र वा शुभचिन्तकको सहयोग प्राप्त भइरहनेछ। अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। धर्मकर्म र समाजसेवामा प्रवृत्त भइनेछ। अध्ययनमा प्रगति हुनेछ भने क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। फजुल खर्च बढ्नाले अर्थअभाव देखापर्न सक्छ, मितव्ययितामा ध्यान पुर्याउनुहाेला।
कुम्भ -
गु, गे, गो, सा, सि, सु, से, सो, द
याे महिना केही उतारचढावमय रहनेछ। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ। सानो कमजोरीले परिवारमा असन्तुष्टि जन्माउने हुँदा बोली–व्यवहारमा सजग रहनुपर्ला। समयको प्रतिकूलताले लगानी सुरक्षित नहुन सक्छ। अरूको भरपर्दा गोपनीयता बाहिरिन सक्छ। अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउनेछ। नयाँ काम र दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सफल भइनेछ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नाले धेरै समस्या समाधान हुनेछन्। स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्ने बेला छ।
मीन -
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिना मिश्रित प्रकारको रहनेछ। मिहिनेतले राम्राे उपलब्धि दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि व्यावहारिक ज्ञान बढ्नेछ। खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा फाइदा हुनाले केही धन सञ्चय गर्न पनि सकिनेछ। परिवेश रमाइलो रहनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिनेछन्। महत्त्वपूर्ण काममा व्यवधान देखापर्नेछ। समयमा निर्णय लिन नसक्दा साेचेकाे लाभ उठाउन बाधा पर्ने देखिन्छ।
प्रतिकृया दिनुहोस