माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिनसम्म  आयोजना गरिएको  धार्मिक अनुष्ठानको  मंसिर २६  गते शुधmवा भव्यताका साथ सम्पन्न गरिएको छ । मंसिर २३ गते मंगलबार मन्दिरमा  गजुर राख्दै  र मौला गाडेर   सुरु गरिएको अनुष्ठानको  मंसिर २६ गते विशेष समारोहका बिच समापन गरिएको हो ।
माडी–९, कृष्णनगर  टम्टा अनार सामुदायिक वन क्षेत्रमा  पर्ने सेतो  पहिरोको चुचुरोमा गतबर्ष कालाभैरवको मन्दिर निर्माण गरिएको थियो । मंसिर महिनाको   कृष्णपक्षको अष्टमी तिथिमा कालभैरव अष्टमी अर्थात कालभैरव जयन्ती मनाउने प्रचलन रहेकाले यसबर्ष  भव्य पूजा सहितको अनुष्ठान आयोजना गरिएको  हो । अनुष्ठानको  समापन गर्न  वाग्मती प्रदेशसभा सदस्य ठाकुर ढकाल पनि मन्दिर परिसरमा पुग्नुभएको थियो । सो क्रममा उहाँले माडीका स्थानीय वासीकै पहल,सक्रियताले नै माडी धार्मिक पयर्टकीय गन्त्वय बन्दै गएको भन्दै स्थानीय प्रति आफू कृतज्ञ भएको बताउनु भयो । सो स्थानमा मन्दिर निमार्णका लागि पहल गर्नुहुने धार्मिक अगुवा प्रेम आचार्यले  कालभैरवको मन्दिर निमाणले समस्त माडी वासीका लागि गर्वको क्षण भएको बताउनुभयो । कार्यक्रमममा मन्दिर निमार्णमा सहयोग गर्ने विभिन्न चन्दा दाताहरुलाई सम्मान समेत गरिएको थियो ।मन्दिर पुग्नका लागि  अत्यन्त अप्ठरो बाटोका कारण कठिन भएपनि ९० वर्षका वृद्ध देखि बालबालिका, महिला लगायत स्थानीहरुको बाक्लो उपस्थिती सो क्रममा रहेको थियो ।


कालभैरवलाई  भगवान शिवको रौद्र रूप मानिन्छ   । कालभैरवको पुजा विशेष गरि  अष्टमी तिथीमा गर्ने गरिन्छ ।  गरिने पूजा तथा उपासनाले रोग, भय, संकट र दुख हरण हुने विश्वास गरिन्छ । काल र भैरव मिलेर बनेको कालभैरवको अर्थ काल अर्थात मृत्युको भय हर्ने भन्ने हुन्छ । कालभैरवको पूजा गर्दा मृत्युको भय दूर हुने र कष्टबाट मुक्ति पाइने गरिन्छ ।। माडी कै नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा विका
स हुँदै गएको काल भेरव मन्दिर परिसरवाट माडी उपत्यकाका सगै ठोरी तर्फका  भुभाभाग पनि सजिलै देंख्न सकिन्छ । सेतो पहिरोलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न स्थानीयबासीहरुले सहयोग अभियान समेत सञ्चालन गरेका छन् । मन्दिर सम्म पुग्नका लागि स्थानीयले श्रमदान गरि गोरेटो बाटो समेत बनाएका थिए । स्थानीयहरु कै सक्रियता सहित  पालिका , पदेश तथा संघ सरकारसगँ पनि सहयोग रकम जुटाएर मन्दिर पुग्नका लागि सिढी निमाण गरिने नेपाल प्रहरीका निवृत्त प्रहरी नायव निरिक्षक  भानु आर्चायले जानकारी दिनुभयो । चितवनको माडी क्षेत्रमा ऐतिहासीक  धार्मिक ,पयर्टकीय गन्त्वय धेरै नै रहेका छन् । परसुराम कुण्ड ,  गोद्धकधाम   सामेश्वर कालिका , बैकुष्ठताल लगायतका गन्त्वयहरु का साथै पछिल्लो समयमा अयोध्याधाम पनि धार्मिक पर्यटनको सम्भावनाको क्षेत्र  वन्दै गइरहेको छ । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...