राष्ट्रिय भजन प्रतियोगीतामा रामजानकीका बालिका प्रथम

 । पूर्वी चितवनको  माधवपुर स्थित खैलमैदानमा आयोजित  राष्ट्रिय  भजन प्रतियोगितामा देवघाटधाममा रहेको  राम जानकी बालिका आश्रमले  प्रथम  स्थान हासिल गरेको छ । नेपाली संस्कृति,  र लोकभजनको संरक्षण  गर्दै पूस्तान्तरण गराउने उद्देश्यले हिजो शनिवार पूर्वी  चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरमा “राष्ट्रिय भजन तथा शङ्ख वादक प्रतियोगिता–२०८२” आयोजना गरिएको थियो ।
माधवपुर मठ मन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति आयोजनामा आयोजित सो प्रतियोगीतामा  देशभरका १९ वटा भजन समुहले सहभागिता जनाएका थिए ।  सो भजन  प्रतियोगीतामा सिन्धुली जिल्लाबाट आउनुभएका    मगर भजन समूह सिन्धुली  दोस्रो  र काठमाडौबाट आउनु भएका ओमकारेश्वर भजन समूह तारकेश्वर तेस्रो भएको छ । त्यसैगरी गणेश पञ्चायन भजन समूह भरतपुर २१ ले सान्त्वना स्थान हासिल गरेको छ । भजन प्रतियोगितामा प्रथम  ४० हुनेले हजार प्राप्त गरेका छन् भने  द्धितीय हुनेले  ३० हजार तृतीय २० हजार र सान्तोना पुरस्कार  १० हजार रुपैयाँ  प्राप्त गरेका छन् ।
 प्रतिगिताको विषयवस्तु धर्म र संस्कृतिसँग सम्बन्धित हुनुपर्ने तथा कुनै पनि राजनीतिक वा भड्किलो विषय समावेश गर्न नपाइने नियम बनाइएको थियो  । प्रत्येक भजन समूहलाई प्रस्तुतीकरणका लागि १० मिनेट समय दिइएको थियो  ।
 भजन प्रतियोगीता पूर्व शखं वादन प्रतियोगीता आयोजना गरिएको थियो । सो प्रतियोगीतामा १ महिला २ बालिका सहित २१ जनाले सहभागीता जनाउनु भएको थियो ।
 युवा पुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक संस्कार र सांस्कृतिक पहिचानप्रति जागरुक र उत्साहित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको माधवपुर मठ मन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समितिका अध्यक्ष मूक्ति लामिछानेले बताउनु भयो।

भजन प्रतियोगिताको निर्णायकमा सङ्गीतकार अर्जुन पोखरेल र कवि गोविन्द गोपाल खतिवडा रहनुभएको छ भने शङ्खवादनतर्फ हरिहर मन्दिर, रत्ननगर टाँडीका प्राचार्य विमल पौडेल निर्णायक रहनुभएको छ ।
भजन प्रतियोगिता नतिजा सार्वजनिक गर्ने क्रममा भावुक हुदै सङ्गीतकार पोखरेलले प्रतियोगी सबैले उत्कृष्ट प्रस्तुति दिनुभएको बताउनु भयो । सो अवसरमा उहाँले यस्ता प्रतियोगीताले नेपाली लोकभजन पुस्तान्तरण हुने भनाई राख्नुभयो । 
 भजन प्रतियोगीताको उद्घाटन गर्दे रत्ननगरपालिका का प्रमुख प्रलाद सापकोटाले धर्मसस्कृति जेर्गना गर्नका लागि
पनि यस्ता प्रतियोगीता आयोजना गर्नुपर्ने बताउनुभयो । रत्ननगरपालिका का सबै वडामा  बाजा ,तबेला जस्ता समुदायलक्षित धर्मसस्कृतिको लागि सहयोग पुग्ने धार्मिक सामाग्री सहयोग गर्ने गरेको बताउनु भयो । आध्यात्मिक जीवन  अपनाउदा एकदमै राम्रो हुने बताउदै आफ्नो समूह , संघसस्थाका सबैले  आफ्नो आफ्नो धर्म सस्कृति जोगाउन लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठक, वडा अध्यक्ष आशिक तमागं लगायतले बोल्नुभएको थियो ।   माधवपुर मठ मन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति स्वागत उपाध्यक्ष दण्डपाणि  लामिछानेले स्वागत मन्त्वय दिनुभएको कार्यक्रममा  पत्रकार तथा चर्तित कार्यक्रम सञ्चालक रामकान्त पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।  
कार्यक्रमको संरक्षक रत्ननगर नगरपालिका–१५ रहेको थियो  । माधवपुर क्षेत्रलाई भविष्यमा धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । आयोजकले प्रतियोगितालाई केवल प्रतिस्पर्धामा सीमित नराखी नेपाली धर्म, संस्कृति, लोकसंगीत र सामाजिक एकताको संरक्षण अभियानका रूपमा अघि बढाउने विश्वास लिइएको छ । झम्मकै रातपर्दा समेत कार्यक्रम स्थलमा उपस्थिती  दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।  सो कार्यक्रम अन्य वडाका वडा अध्यक्ष सहित विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिती जनाउनु भएको थियो  । 


प्रतिकृया दिनुहोस