चरक संहिता यस्तो छ , साथै खान मिल्ने खानेकुराहरु
आहाराचार चेष्टासु सुखार्थाी प्रेत्य चेह च ।
परम् प्रयत्रमातिष्ठे बुद्धिमान हित सेवते ।।
–चरक संहिता
यस संसारमा सुखी जीवनको अभिलाषा राख्ने बुद्धिमान व्यक्तिले सदैव आफ्नो आहार विहार, आचरण हितकर राख्ने चेष्टा गरिराख्नु पर्दछ । हामीले आहार तयार गर्दा र खाँदा विभिन्न कुराको ख्याल राख्नु पर्दछ । हामीले प्रयोग गर्ने आहाराको मिश्रण र तिनको परस्परको गुणले कुनै लाभदायक र अमृत समान वन्छन् भने कुनै विष समान तथा हानीकारक वन्दछन् । यस्तो अवस्थालाई विरुद्ध आहार अर्थात् फुड प्वाइजनिङ भनिन्छ ।स्थान, मौसम र समय, शरीरको पाचन बल, आहार तयार गर्दाको मिश्रण तथा भोजनको मात्रा, शरीरको दोषप्रकृति, संस्कार र पाक विधि, आहारको गुण र बल, शारीरिक अवस्था र उमेर, निषेध तथा अपथ्य सेवन तथा रुचि विपरित विरुद्ध आहार अर्थात् फुड प्वाइजनिङ हुने प्रमुख कारण र आधार हुन् । आयुर्वेद ग्रन्थमा १८ प्रकारका विरुद्धाहार हुने अवस्थाको वर्णन छ ।

कुन कुराको साथमा के नखाने ?
भोजन गर्दा ख्याल गर्नैपर्छ । आयुर्वेदको ग्रन्थ अष्टाङ्ग संग्रहअनुसार भोजनपछि हलुका एक सय कदम हिँड्नु पाचनका लागि उत्तम हुन्छ भनेर उल्लेख गरेको पाईन्छ । रुचि र ईच्छाविपरीत कुनै पनि भोजन गर्नु र अधिक आहार गर्नु पनि विरुद्ध आहार हो । यो भन्दा पनि महत्वपूर्ण कुरा कुन भोजनको साथमा के खानु हुँदैन, यसबारे अझ ध्यान दिनुपर्ने हुन्छ । कुन कुराको साथमा के खानु हुँदैन त ?

१) दूध, मदिरा तथा खिचडी एक साथ खानु हुँदैन ।
२) काँसको भाँडोमा दश दिन वा त्यो भन्दा बढी समयसम्म राखिएको घ्यू विशाक्त हुने भएकाले खानु हुँदैन ।
घ्यूको साथमा बराबर मात्रामा मह वा घ्यू सेवनपछि चिसो पानी पिउनु विषाक्त हुन्छ ।
३) केराको साथमा मही, अम्लपेय खानु हुँदैन । साथै केरा खाएलगत्तै तातो पानी र तातो पेयपदार्थ पिउनु हानीकारक हुन्छ ।
तातो पेयसँग केरा, मह, कुल्फी, आइसक्रिम तथा चिसो पेयपदार्थ पिउनु हानीकारक हुन्छ ।
४) मासको दालसँग मुला खानु हुँदैन ।
५) चामल तथा यसवाट वन्ने परिकारसँगै भिनेगार वा विभिन्न मिश्रणवाट तयार गरिएका अम्लपेय पिउनु विशाक्त हुन्छ ।
६) तरवुजा र खरवुजाको साथमा दूध, दही, लसुन, पुदिना, मुलाको पात, चिसो पानी जस्ता कुरा मिलाएर खानु हुँदैन ।
७) चिसो पेयपदार्थसँगै घ्यू, तेल, तातो दूध, खरबुजा, अम्वा, काँक्रो, बदाम आदि हानीकारक हुन्छ ।
८) पाकेको कटहरसँगै चुना, चुनापानी, खरानी मिसिएको वा खरानीमा पोलेका खानेकुरा खानु हुँदैन ।
९) महसँग समान मात्रामा घ्यू, वर्षाको पानी, तेल, बोसो, अंगुर, कमलवीज, मुला, तातो पानी, तातो दूध, चिनी राखिएको सर्वत खानु हानीकारक हुन्छ ।
१०) खीरको साथमा रुख कटहर, दही, कागती, सातु, मदिरा खानु हुँदैन ।
११) दहीसंगै तातो भोजन, खरवुजा, खीर, कुराउनि खानु उचित हुँदैन।
१२) दूधको साथमा दही, नून, मुला, मुलाको पात, हरियो साग, काँचो सलाद, सजीवन, खरवुजा, पाकेको वेल, नरिवल, कागती, जामुन, अनार, अमला, भेली, मास, सातु, तेल, माछा तथा अम्लपेय खानु हुँदैन ।
१३) गहुँ, जौबाट बनेका तातो परिकार संगसंगै वा लगत्तै चिसोपेय पिउनु हुँदैन ।
१४) भोजन गरेलगत्तै व्यायाम, योग तथा दौडधूप गर्नु हानीकारक हुन्छ ।
१५) सुन्तला, मौसमी, अमिलो, ज्यामिर, भोगटे आदि दही वा लस्सीको साथमा खाँदा अहितकर हुन्छ ।
१६) रात्रीको समयमा दही, मही तथा अम्लरस सेवन गर्नु उचित हुँदैन ।
¬¬१७) बँदेलको मासु खाएपछि उष्ण आहार तथा अन्य ढिलो पच्ने आहार खानु हुँदैन ।
१८) अम्लपेय तथा सर्वत र अमिला खानेकुरा तामा, पित्तलको भाँडोमा राखेर वा पकाएर खानु हुँदैन ।
कुन कुराको साथमा के खाने ?
हामीले खाने खाद्यपदार्थमध्ये कतिपय खानेकुरा एकापसमा मिसाएर खाँदा राम्रोसँग पच्ने तथा शरीरलाई अझ फाईदाजनक हुन्छ । जुन निम्नानुसार छः
१) मासको दालसंग मही, छाछ पिउनु हितकर हुन्छ ।
२) चनासँग मुला खानु राम्रो मानिन्छ ।
३) मुंगसँग अमलाको प्रयोग श्रेष्ठ हुन्छ ।
४) अडहरसँग अम्लपेय, महीको प्रयोग लाभकारी हुन्छ ।
५) गहुँको परिकारका साथमा काँक्रो, कुन्द्रक खानु श्रेयस्कर हुन्छ ।
६) मकैसँग वीरे नुन तथा ज्वानो खानु लाभदायक हुन्छ ।
७) खिचडीसँगै वीरे नुनको प्रयोग राम्रो मानिन्छ ।
८) दूधसँग मुँगको दाल, रस खानु फाइदाजनक हुन्छ ।
९) घ्यूसँग कागती, ज्यामिर खानु उत्कृष्ट हुन्छ ।
१०) पाकेको आँपसँग दूध पिउनु सुपाच्य र हितकारक हुन्छ ।
११) केरासँग घ्यू खानु उत्तम हो ।
१२) सुन्तलासँग गुड (भेली) खानु राम्रो हुन्छ ।
१३) ओखर, काजु, पिस्ता तथा बदामसँग ल्वाङ्ग खानु लाभकारक हुन्छ ।
१४) खुदो, उखुसँगै अदुवा खानु उपयोगी हुन्छ ।
१५) पाकेको कटहरसँगै घ्यु खानु सुपाच्य र लाभकारी हुन्छ ।

प्रतिकृया दिनुहोस