शनिवार लाग्दैछ शताब्दीकै लामो चन्द्रग्रहण,कुन कुन राशीलाई राम्रो छ त ??????

साउन १०-आउँदो शनिवार यस शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । नेपाली समय अनुसार शनिवार विहान २ बजेर ९ मिनेटमा शुरु हुने ग्रहण विहान ४ बजेर ४ मिनेटमा सकिने छ ।

नेपालबाट प्रष्ट देखिने खग्रास चन्द्रग्रहणले चन्द्रमाको पुरै भाग ढाकिएको देखिने खलोगविद जयन्त आचार्यले जानकारी दिए । ‘राती २ बजेर १५ मिनेटमा चन्द्रमा पुरै छेकिने छ भने ३ बजेपछि विस्तारै चन्द्रमालाई छोड्दै जान्छ । शनिवारको ग्रहण यो शताब्दीकै सबैभन्दा लामो हुने खलोगविद आचार्यले बताए ।

चन्द्रग्रहण नेपाल सहित भारत, चीन मंगोलिया, अफ्रिकाका केहि पूर्वी मुलुकहरु, यूरोप, रसिया, सहित क्यानडा र अलास्काबाट पनि देख्न सकिने छ । यो ग्रहणलाई जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सक्ने भए पनि सबै राशीका लागि शुभ नहुने विज्ञहरु बताउँछन् । मेष, सिंह, वृश्चिक र मीन राशी भएकाहरुलाई ग्रहण शुभ भए पनि अन्य राशीका लागि शुभ नहुने बताइएको छ ।

प्रतिकृया दिनुहोस