राष्टगुरु योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा, रोट अर्पण एवं गुरु मन्दिरको उद्घाटन

गैडाकोट नगरपालीका १० कोटिहोमस्थली पितांैजी नवलपुरमा रहेको श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीको आयोजनामा साउन १५ गते  मंगलवार  राष्टगुरु योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा, रोट अर्पण एवं गुरु मन्दिरको उद्घाटन , प्र्रसाद ग्रहण लगायतको विभिन्न अनुष्ठान हुने भएको छ । गैडाकोट नगरपालीकाका प्र्रमुख छत्रराज पौडेल को प्रमुख आतिथ्यता तथा नेपालका विभिन्न मठका नौ नाथहरुको विशेष उपस्थितीमा हुने अनुष्ठानममा  सोमवार पनि रुद्धी होम , दुग्धधारा लागायत कार्यक्रम गरिने श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीका अध्यक्ष कृण्णप्रसाद कँडेलले जानकारी दिनु भयो ।  सो मन्रिर परिसरमा राष्टगुरु योगी नरहरिनाथ सत् संकल्पमा  २०४५ सालमा मंसीर १५ देखि पुष १५ सम्म कोटिहोम लगाएको थियो ।विशेष गरि  कोटीहोम अवधिभर देशका विभिन्न स्थानबाट आएका विद्धानहरुले त्यस क्षेत्रको ऐतिहासीकता ,सास्कृतिक तथा पुरातात्वीक महत्व ,वन वनस्पति ,जडिबुटी लगायतका विषयमा व्यापक छलफल गरिएको अध्यक्ष कँडेलले बताउनु भयो । धार्मिक पर्यटननको सम्भावनको सो क्षेत्र विभिन्न कार्यक्रमहरु गरिने सचिव यदुनाथ पोख्रेलले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस