सिष्टर सोसाइटीको मेहेन्दी कार्यक्रम

चितवन,  मेहेन्दीको पक्ष र विपक्षमा बहस चलिरहेका बेला चितवनमा भने मेहेनदी लगाउने कार्यक्रमको आयोजना गरिएको छ । मेहेन्दीले पछिल्लो समय ब्यापकता पाएसंगै यसमा बहस चल्न थालेको छ ।

चितवन

मेहेन्दीको पक्ष र विपक्षमा बहस चलिरहेका बेला चितवनमा भने मेहेनदी लगाउने कार्यक्रमको आयोजना गरिएको छ । मेहेन्दीले पछिल्लो समय ब्यापकता पाएसंगै यसमा बहस चल्न थालेको छ ।
सिस्टर सोसाईटी नारायाणीले एक कार्यक्रमको आयोजना गरी मेहेन्दीको प्राचिन महत्व र साउनममा नै किन यस्को प्रयोग भन्ने विषयमा कार्यक्रम गरेको हो । कार्यक्रममा विरेन्द्र बहुमुखि क्यामपसकी उपप्रध्यापक डा. लक्ष्मि पोख्रेलले मेहन्दीको संक्षिप्त परिचय, प्रचलन र महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले मेहेन्दी लगाउने प्रचलनलनाई तिन भागमा वर्गिकरण गरेर यसको महत्व र प्रयोगका बारेमा प्रकाश पार्नु भएको थियो । मेहेन्दीको परापुर्वकाल देखि नै सास्कृतिक महत्व रहेको रहेको कार्यपत्रमा उल्लेख गरिएको थियो ।
औषधीय महत्व अन्र्तगत मेहेन्दी लगाउन प्रयोग गरिने तिउरी फुल एण्टी फंगसको रुपमा घाउचोट, सर्पदंश, पोलेको घाउ, तथा मर्केको ठाउँमा औषधीको रुपमा प्रयोग गर्न सकिने बताईएको थियो । त्यसैगरी मनोबैज्ञानिक महत्व रहेको समेत कार्यपत्रका उल्लेख गरिएको थियो ।
कार्यक्रममा प्रदेश नं. ३ की पार्वती सिल्वाल र सांम्सद रिना गुरुङ्ग र ले मेहेन्दी लगाउने नेपाली संस्कृती नभएपनि महिलाहरुको आयआर्जनमा भने यसले सहयो गरेको बताउनु भएको छ । महिलाहरु बर्षै देखि हिन्सामा परिरहेको अवस्थामा मेहेन्दी कला सिकेपछि आर्थीक रुपमा सक्षम भइ हिन्सा न्युनिकरण हुने कुरामा उहाँहरुले जोड दिनु भयो ।
सिस्टर सोसाईटी नारयणी र प्रभात दिदी बहिनी साकोसले मेहेन्दी लगाउने कार्यक्रमको आयोजना गरेका हुन् । साउन १ गतेलाई लक्षित गर्दै र महिलाहरुको स्तर उन्नतिका लागि भरतपुर १२ मा रहेको प्रभात दिदीबहिनीको सभाहलमा मेहेन्दी कार्यक्रम गरिएको हो । काँया व्युटी शैलुन एण्ड एकेडेमि र आकृति हेल्दी होम लाईन्सचोक कार्यक्रमको प्रायोजन गरेको थिए ।
एकसय जना सहभागि भएको कार्यक्रममा ७ हजार ५ सय ५० रुपैया संकलन भएको थियो । संकलित रकम महिला विकास कार्यक्रमका लागि खर्च गरिने सिस्टर सोसाईटी नारायणीकी अध्यक्ष प्रमिता ढकालले बताउनु भयो ।

प्रतिकृया दिनुहोस