रामजानकी बालिका आश्रमको बार्षिक साधारणसभा सम्पन्न

देवघाट चितवन
नेपालकै प्रसिद्ध देवघाटधाममा रहेको श्री रामजानकी बालिका आश्रमको छैटाँै बार्षिक साधारणसभा सम्पन्न भएको छ । लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित श्री रामजानकी बालिका आश्रमले शनिबार एक समारोहका बिच छैटौ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।श्री रामजानकी बालिका आश्रमका अध्यक्ष सावित्री टन्डनको अध्यक्षतामा भएको  कार्यक्रममा आश्रमका महासचिव रामेश्वर खनालले वार्षिक प्रतिवेदन तथा आश्रमकै जेठी छोरी यमुना लोककल्याणीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । देवघाटस्थित शंकराचार्य मठका मठाधिश ध्रुवानन्द सरस्वतीको प्रमुख अतिथ्यता सम्पन्न सो कार्यक्रममा , आश्रमका सल्लाकार डा गुरुप्रसाद सुवेदी , भरतपुर १ का वडासदस्य शुक्रकुमार श्रेष्ठ , उद्योग वाणिज्य संघ चितवनका सदस्य इश्वरी प्रसाद खराल ,सीताराम सस्कृत मावीका सहप्राध्यापक भेगलाल वराल , स्थानिय झलक पौडेल लगायतले वालीका आश्रम सञ्चालन गर्नु उदारहणीय अभियान भएको भन्दै आश्रमलाई सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भयो असाहाय बालिकाहरुलाई आधुनिक शिक्षाको साथै वैदिक गुरुकुल शिक्षा प्रदान गर्दै आएको यो आश्रममा हाल ४० जना बालिका संरक्षित रहेका छन् ।आश्रममायसै वर्षन देखि श्रीराम जानकी ग्रागी कन्या गुरुकुल पनि सञ्चालन गरिएको महासचिव खनालले जानकारी दिनु भयो । ा

प्रतिकृया दिनुहोस