योगीनरहरीनाथ आश्रमलाई सहयोग

योगीनरहरीनाथ आश्रमलाई सहयोग

 

वागीश्वरीधाम चितवन
भरतपुर १ देवघादटधाममा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमलाई खाध्यान्न तथा गुरुकुलको भोतीक निमार्णका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । बुधवार आश्रम परिसरमा नै पुगेर काठमाडौका गोरखनाथका भक्त दिना गौचनले रु ६ हजार रकम वरावरको खाध्यान्न र नवलपुर पीतौजीमा रहेको मिराज रिभरसाइड रिसोर्टका सञ्चालक समीरसिहं क्षेत्री र सन्जय क्षेत्रीले ६ हजार बराबरको खाध्यान सहयोग गर्नु भएको हो ।
वागीश्वरी आश्रममा यसै वर्ष समावेशी गुरुकुल सञ्चालनमा आएको जानकारी भएपछि धार्मिक व्याक्तित्व गौचनले अष्टेलियामा रहेका आफ्ना आफन्तीसगँ सहयोग रकमका लागि पहल गरेको बताउनु भयो । अष्टेलीयाका आफन्तीहरुबाट संकलित १ लाख रकम वागीश्वरी आश्रम रहेको गुरुकुल भवनका ग्रील, फनिर्चर , कार्पेट लगायतका सामाग्रीका लागि सहयोग गरेको धार्मिक व्याक्तित्व गौचनले बताउनु भयो । । मिराज रिभरसाइड रिसोर्टका सञ्चालक समिरसीहं ले आपनो एक महिना अघि दिवंगत भान्जी अभियंका राज्य लक्ष्मी राणाको स्मृतीमा खाध्यान सहयोग गरेको बताउनु भयो ।
गोरखनाथको भुमिमा सहयोग गर्न पाउदा खुशीलागेको उहाहरुको भनाई रहेको छ । पहिलोपटक वागीश्वरी आएको बताउदै धार्मिक व्याक्तित्व गौचन मिराज रिभरसाइड रिसोर्टका सञ्चालक समीरसिहं क्षेत्रीले र ले विभिन्न सहयोग जुटाउन लागि पर्ने बताउनु भयो श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमका अध्यक्ष शान्त प्रसाद पोखरेलले आश्रममा रहेका गौ, गुरुकुल ,मठमन्दिर , योग तथा प्राकृतिक चिकित्सा सबै दाताहरुको सहयोग बाट नै वर्तमानको अवस्थामा ल्याउन सकेको बताउदै अझै पनि सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ ।उहाँले आश्रममा निमार्णधिन यज्ञ मण्डपका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाउनुभयो ।
सो अवसरमा उहाँहरुले आश्रममा रहेका गौशाला , , मन्दिर परिसर र गुरुकुल लगायत वागीश्वरी आश्रम परिसर अवलोकन गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस