बामपन्थिले देश विकाश गर्न सक्दैनन्ः महामन्त्रि कोईराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बामपन्थिहरुले देशको बिकास गर्न नसक्ने आरोप लगाउनु भएको छ । आज (शनिबार) नारायणगढमा नेपाली काँग्रेस चितवनले आयोजना गरेको १०५ औँ बी.पी. जयन्तीको अबसरमा शुभकामना आदान प्रदान एबं आयोजना गरेको तीज कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

बिकासका लागि काँग्रेसनै आबश्यक परेको भन्दै उहाँले यो सरकारले अहिले सम्म कुनै योजना ल्याउन नसकेको बताउनुभयो । मुलुकमा भएको बिकास काँग्रेसको नेतृत्वमा भएको भन्दै कोईरालाले बामपन्थिहरुले जनतालाई सपना वाँढ्ने तर काम नगर्ने गरेको आरोप लगाउनु भयो ।

फरक प्रसंगमा बोल्दै उहाँले बी. पी.को सपना अनुसार पार्टीलाई अगाडी वढाउनका लागि गुटको अन्त्य हुनु पर्ने बताउनु भयो । काँग्रेसलाई वलियो बनाउन र वी.पीको सोच अनुसार संञ्चालन गर्नका लागि आन्तरीक गुटबन्दिको अन्त्य गरी सद्भाब राख्नु पर्ने उहाँले बताउनु भयो । आन्तरीक रुपमा भएको गुटबन्दि अन्त्यका लागि आँफु तयार रहेको बताउँदै उहाँले यसमा जनताले साथ दिनु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मि, नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौला, महिल संघ चितवनकी अध्यक्ष पार्बति शाह, महाधिबेशन प्रतिनिधि गिता गुरुङ्, प्रदेश सांसद गिता वाग्ले, नेपाल बिद्यार्थी संघकी केन्द्रिय सदस्य कल्पना पौडेल लगाएतले बोल्नु भएको थियो ।

प्रतिकृया दिनुहोस