हिन्दु युवकसंग प्रेम गरेको भन्दै युवतीलाई चरम यातना

असोज २३ विश्वमा यदि सबैभन्दा ठुलो युद्ध भएको छ भने एक धर्मको कारण पनि भएका छन् । धर्मको कारण नै देशहरु छुट्टिनेदेखि लिएर सामाजिक विभिन्न परिधीहरु पनि बनेका छन् । जसको कारण कयौँ युवा युवतीहरुले ज्यान गुमाएका छन् भने कोही घर न घाटका भएका छन् । यसैबीच धर्मको कारण नै छिमेकी राष्ट्र भारतमा हरेक दिन कुनै न कुनै घटना घटेकै हुन्छन् ।

यसबीचमा बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई फरक धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भन्दै आफ्नै परिवार सहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना दिएका छन् ।भारतको उत्तरपूर्वी क्षेत्रकी ती मुस्लिम किशोरीको नाम भने खुलाइएको छैन । स्थानीय संचारमाध्यमले उल्लेख गरे अनुसार एक हिन्दु युवक रुपेश कुमारसँग उनको प्रेम सम्बन्ध रहँदै आएको थियो ।

यस्तो घटना स्थानीयले मोबाइल फोनमा भिडियो खिचेर सार्वजनिक गरिदिएका हुन् । घटनाबारे प्रहरीलाई रिपोर्ट भए पनि कसैलाई पक्राउ गरेको छैन । भिडियोमा ती किशोरीलाई रुखमा बाँधेर परिवार र छिमेकीले निर्घात कुटपिट गरिरहेका छन् । परिवारको अनुमती र इच्क्षबिना नै हिन्दु युवकसंग प्रेम गरेको अपराध सह्य नहुने भन्दै सजायँ दिएको बताईएको छ । एजेन्सीको सहयोगमा

 

 

प्रतिकृया दिनुहोस