गुञ्जनगरको गुरुकुलाई जुट्यो सहयोग

संतोष अर्याल 

कार्तिक ३ गुञ्जनगर
पश्चिम चितवनको गुञ्जनगरमा रहेको श्री परमानन्दस्मृति वैदिक विद्या भवन ( गुरुकुल) का लागि अमेरीकामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटेको छ । शनिवार विद्यालय परिसरमा आयोजीत एक विशेष कार्यक्रमका बिच पोखराका हाल अमेरिका निवासी राजु भण्डारी र कल्पना भण्डारीले विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष श्रीललाल अधिकारीलाई सो रकम हस्तान्तरण गर्नु भएको हो । हाँहरुले गुरुकुल सञ्चालनका लागि खोलीएको अक्षयकोषका लागि २ लाख ५४ हजार ६ सय ३० रुपैया सहयोग गरुनु भएको छ
सहयोग रकम मध्ये राजु र कल्पना भण्डारी दम्पतीले १ लाख २९ हजार ५ सय ८१ सहयोग गर्नु भयो । भण्डारी दम्पतीले आआपनो दिवंगत बुवा खेमराज भण्डारी र करुणा निधी अर्याल को स्मृतिमा सो सहयोग गर्नु भएको हो ।
अमेरीका जजिर्या निवासी ,साराह ब्रीवयरबाट २१ हजार ९ सय , सम्झना अर्यालले ११ हजार १ सय ५९ रुपैया सहयोग गर्नु भएको छ ।
चितवन स्थाई घर भएका हाल अमेरीका निवासी महेश प्रसाद अधिकारी र दिपेश अधिकारी बाट जनही ११ हजार ५९ रुपैया गरी २२ हजार १ सय १८ रुपैया त्यस्तै पोखराका हाल अमेरीका निवासी , अमित ढुगनाबाट ११ हजार ५९ रुपैया र राममणी भण्डारीबाट ६ हजार ५ सय ७० रुपैया सहयोग गर्नु भएको छ ।
सहयोग रकम मध्ये पोखरा स्थाई घर भएका हाल अमेरीका निवासी सुमेरु वराल, वर्षा पराजुली , राजन बुढाथोकी ,कमल कोइराला , प्रकास आर्चाय र रवी अधिकारी बाट जनही ५ हजार ५ सय ८४ रुपैया गरी ३३ हजार ५सय ७ सहयोग गर्नु भएको छ । , त्यस्तै पोखराका हाल अमेरीका निवासी हेमन्त कोइराला , सन्तोष विपना तमु , रीता त्रीपाठी बाट जनही ५ हजार ४ सय ७५ गरि १६ हजार ४सय २५ स सहयोग गर्नु भएको छ ।
यसैगरि राजविराजकी हाल अमेरीका निवासी वन्दनाबाट डेउ, २ हजार २ सय ९९ रुपैया सहयोग गर्नु भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राजु भण्डारीले गुरुकुलका लागि सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । सो अवसरमा उहाँले भाषाको जननीको सस्कृत भाषाको संरक्षणमा गुरुकुलीय शिक्षा को भुमिका महत्वपुर्ण रहने भन्दै प्रवासमा रहेपनि आपनो भुमि का लागि नेपालीहरु अग्रसर रहिरहने धारणा राख्नु भयो । उहाँले गूरुकुल अवलोकन गरेपछि थप सहयोग गर्न उत्प्रेरित भएको समेत बताउनु भयो । कार्यक्रममा वडा १८ का वाड सदस्य ज्योत्सना अधिकारीले वाड १८ मा रहेको वैदिक गूरुकुल पश्चिम चितवन गरिमा बन्नसक्ने विचार राख्नु भयो ।
उहाँले वाडले गुरुकुलको भौतिक निमार्णमा सहयोग गर्ने बताउदै प्रवासमा रहेका नेपालीहरुले गूूूरुकुुलमा सहयोग गर्नु प्रशंशनिय कार्य भएको बताउनु भयो । गुरुकुलका सस्थापक अध्यक्ष खेमराज शास्त्रीले गुरुकुल शिक्षा वर्तमानको आवश्यकता रहेको भन्दै गूरुकुल सञ्चालनका लागि सबैले सहयोग गर्न आग्रह समेत गर्नु भयो ।रतपुर १८ मा रहेको सो गुरुकुल २०५४ स्थापना भएको हो । हाल गूरुकुलमा २७ जना विद्यार्थीहरु आवासिय सुविधाका साथ अध्यन गरिरहेका छन्
गुरुकुलका अध्यक्ष अधिकारीले गुरुकुलको भौतिक निमार्णका लागि सहयोग आवश्यक रहेको बताउनु भयो । गुरुकुलका सचिव मुक्तिनाथ ढकालले गुरुकुल सञ्चालनका लागि स्थापित अक्षय कोष मा २४ लाख जम्मा भइसकेको बताउदै १ करोड जम्मा गर्ने लक्ष्य गुरुकुलको रहेको समेत जानकारी दिनु भयो । तत्कालीन गुञ्जनगर गाविसले ५ कठ्ठा जमिन गुरुकुललागि उपलब्ध गराएको थियो । भौतिक निमार्णकका लागि भने महायज्ञ लगायतका विभिन्न कार्यक्रमहरु गरि सहयोग जुटाउने गरिएको छ ।यस वर्ष भरतपुर महानगरपालीका वडा १८ ले ५० हजार रकम समेत छुटाएको वाड सदस्य अधिकारीले जानकारी दिनु भयो ।

यसै विच भरतपुर १८ कै विण्णुमाया अर्यालले पनि आपनो दिवंगत छोरा विमल निन्धी अर्यालको स्मृतिमा गुरुकुललाई थप सहयोग गर्नु भएको छ । उहाँले यस अघि ५५ हजार भन्दा बढि रकम अक्षय कोषमा सहयोग गर्नु भएको ४ हजार रकम थप गरेको समाजसेवी विण्णुमायाले बताउनुभ भयो ।


गुरुकल शिक्षा प्रणाली नेपाल को पहिचान भएको धामिक क्षेत्रका विज्ञहरु बताउछन् , वर्तमानमा नेपालमा सञ्चालीत आधुनिक शिक्षा प्रणाली व्यवारिक नभएको भन्दै आधुनिक र गुरुकुलीय शिक्षालाई सगसगै लैजान सके नेपाल मा रहेको वेरोजगार समस्या पनि समधान भई समतामुलक समाजको निमार्ण हुनसक्त्थ्यो की ???

 

 

 

 

प्रतिकृया दिनुहोस