चितवनको माधवपुरमा कार्तिक ७ बाट धनधान्याञ्चल हुँदै

 


चितवन, ५ कार्तिक ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमाश्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ मा हुने सो महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिकमहोत्सव – २०७५’ यहीकार्तिक ७गते बुधबारबाट शुरु हुँदैछ । कार्तिक १३ गतेसम्म सञ्चालन हुने सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय कथा वाचन गर्नुहुनेछ ।

श्री आधारभूतविद्यालय साविक पिठुवा ९ को भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्यले आयोजित महायज्ञमा २ करोड रुपैया संकलन गर्ने लक्ष्यलिइएको मुल समारोह समितिका संयोजक दण्डपाणी लामिछानेले जानकारी दिनुभयो । धनधान्याञ्चल एवम् शैक्षिकमहोत्सव स्थलमाआज सोमबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञको बारेमा जानकारी गराइएको थियो । महायज्ञ बाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेले यस विद्यालयको शैक्षिक एवम् भौतिकविकासको लागि वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर नेपालले विद्यालयको आर्थिक अवस्था कमजोर रहेको भन्दै महायज्ञ मार्फत् आर्थिक संकलन गरी विद्यालयको सबै प्रकारको सुधार गर्न सबैले साथ दिन उहाँले अनुरोध समेत गनुभयो ।

वि.सं. २०४६ सालमा स्थापनाभएको यस विद्यालयको ७ कठ्ठा १ धुर जग्गा रहेको छ । विद्यालयमा हाल १ देखी ७ कक्षासम्म अंग्रजी माध्यममा पठनपाठन हुँदै आएको छ । आगामीवर्ष कक्षा ८ मा पनिअंग्रेजीमाध्यममा पढाई हुने बताइएको छ ।

यसैविच
धनधान्याञ्चल महायज्ञ एवम् धार्मिक महोत्सवको अवसरमा यहीकार्तिक ६ गते मंगलबार मोटरसाइकल ¥यालीहुने भएको छ । महायज्ञ स्थलबाट शुरु हुने मोटरसाइकल ¥याली रत्ननगर र कालिका नगरपालिकाका विभिन्न क्षेत्र परिक्रमा गरी महायज्ञ स्थलमापुगेर समापन गरिने मुल समारोह समितिका सचिवगोकुलपन्तले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस