गोपाल गुरुकुलको श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल ज्ञानमहायज्ञ

 

भरतपुर महानगरपालिका-४ लंकुमा विभिन्न धार्मिक काम गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल विराट् ज्ञानमहायज्ञ हुने भएको छ । श्री गोपाल गुरुकुल कल्याण संस्थाको आयोजनामा पुस १ गते देखि ८ गते सम्म ज्ञान महायज्ञ हुने आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । धर्म रक्षति रक्षित भन्ने भावनाले उत्प्रेरित भएर गोपाल गुरुकुल कल्याण संस्थाले धर्मद्वारा सामाजिक परिवर्तन, भौतिक विकास, सबैका पित्रिहरुको उद्दार एंव समाजमा आध्यात्मिक जागरण अभियान पुरा गर्दै वैदिक सनातन धर्मको संरक्षण, विभिन्न धार्मिक मन्दिरहरुको निर्माण, अनाथालय एवम् गुरुकुल निर्माण गरी दिनदु:खी, असहाय बालबालिकाहरुलाई आधुनिक शिक्षा र गुरुकुल संस्कार, विभिन्न सिपमुलक तालिम, संगीत प्रशिक्षण लगायतका लक्ष्यसहित ज्ञान महायज्ञ सुरु गर्न लागिएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल विराट् ज्ञानमहायज्ञका संयोजक कसिराम गौतमले जानकारी दिए ।ज्ञानमहायज्ञका  सचिव भक्तिराम गौतमका अनुसार महायज्ञबाट करिब ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ। ज्ञानमहायज्ञमा युवा पण्डित  वाचक प्रविण  दिनबन्दु पोखरेलको मुखारविन्दबाट संगीतमय श्रीमद् भागवत कथा वाचन गर्ने आयोजकले जानकारी दिएको छ । ज्ञानमहायलाई व्यवस्थित गर्न हालसम्म ११७ जनाको मूल समिति र १२ वटा उपसमिति निर्माण गरी सदस्यीय ज्ञानमहायज्ञ आयोजक समिति गठन गरिएको छ । पुस १ गतेबाट सुरु हुने ज्ञानमहायज्ञको पहिलो दिन कलशसहितको शोभा यात्रा निकालिने छ। यस्तै ज्ञानमहाय भरी चौरासी पूजा, दीप प्रज्ज्वलन, भूमिदान, तुलादानलगायतका विभिन्न कार्यक्रम गर्दै पौष ८ गते श्रीमद्भागवत सप्ताह तथा धन धान्याचल विराट् ज्ञानमहायज्ञको समापन गरिने कार्य सम्पादन समितिका सदस्य रामेश्वोर खनालले जानकारी दिए।

प्रतिकृया दिनुहोस