सृष्टीको रचनासगै वैदिक धर्मको उदय ः स्वामी ज्ञानानन्द सरस्वती


पुष १ लंकु चितवन
भरतपुर महानगरपालिका– ४ लंकुमा गोपाल गुरुकुलम् कल्याण संस्थाले विभिन्न धार्मिक काम गर्ने उद्देश्यले गर्न लागिएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल विराट् ज्ञानमहायज्ञको आइतवार बाट शुभारम्भ भएको छ ।
सो धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव–२०७५ को उद्घाटन श्रीहरिहर सन्यास आश्रम देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले गर्नु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै महाराजले सनातन धर्म सृष्टी रचनासगै उदय भएको बताउनु भयो । उहाँले “हिन्दु धर्म संसार चलाउने एउटा कानुन हो र यसलाई रक्षा गर्नु हाम्रो कर्तव्य हो।” भन्दैे हिन्दु धर्मलाई जोगाइराख्न गुरुकुलको आवश्यक भएको प्रष्टा्याउनु भयो । यज्ञ विधीवत् हुनुर्ने भन्दै गुरुकुल निमार्णथ महायज्ञलाई सहयोग गर्न आहवान गर्नु भयो।

वर्तमान परिवेश मा कोही पनि भौतीकवादी पनि छैन अध्यात्मिक वादी मात्र पनि छैन भन्दै महायज्ञका प्रमुख वाचक पण्डित दिनबन्दु पोखरेलले बताउनुभयो। अध्यात्मवाद र भोैतीकवादको मध्यमार्गी धारबाट अगाडी बढ्दै वैदिक परम्परामा अतिवादी चिन्तन नलिई वेदको मर्मअनुसार अगाडी बढ्न आग्रह गर्नुभयो।र्यक्रममा लक्ष्मी नारायण बैकुण्ठनाथ मन्दिरका पिठादिस स्वामी जगनाथाचर्या, अखण्ड बाबा उमानाथ कंडेल,उधोग वाणिज्य संघका सदस्य इश्वोरी प्रसाद खराल, यज्ञ सम्पादन समितिका सदस्य रामेश्वर खनाल, हिन्दु जागरण अभियानका कृष्ण भुसाल लगाएतका अतिथिहरुले आफ्नो भनाइ राख्नुभएको थियो। यज्ञ आयोजक मुलसमारोह समितिका संयोजक कसिराम गौतमको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव भक्तिराम गौतमले स्वागत मन्तव्य दिनुभएको थियो ।
यज्ञ उद्घाटन समारोहमा श्री राम जानकी बालीका आश्रम देवघाटधामका बालीकाहरुले स्वतीवाचन गर्नुका साथै स्वागत गान प्रस्तुत समेत गरेका थिए । कार्यक्रमको उद्घाटन पुर्व कलश यात्रा निकालीएको थियो । महायज्ञ परिसर अनुपम टोल लंकुबाट शुरु भएको सो कलस यात्रा विशालचोक हुदै धर्मचोक परिक्रमा गरिएको थियो । कलश यात्रामा आमा समुह ,बालीका आश्रम ,लगायत विभिन्न धार्मिक संघसस्थाले सहभागीता जनाएका थिए ।

प्रतिकृया दिनुहोस