गोपाल गुरुकुलमको महायज्ञमा श्रद्धालुहरुलको उत्साह जनक उपस्थिति


पुष २ लंकु
गोपाल गुरुकुलम् कल्याण संस्थाको आयोजनामा आइतवार देखि धार्मिक नगरी भरतपुरको लंकुमा शुरु भएको श्रीमद्भागवत तथा धनधान्यानचल महायज्ञमा श्रद्धालुहरुलको उत्साह जनक उपस्थिति रहेको छ ।
गुरुकुल ,अनाथ आश्रम जस्ता सामाजीक सेवा का कार्यक्रमहरु गर्ने उदेश्यका साथ सञ्चालीत महायज्ञ युवा पन्डित दिनवन्धु पोखरेलले वाचन गर्नु भएको छ । लामो समय देखि विदेशमा रहनु भएका काशीराम गौतम यज्ञ मुल आयोजक समितिका संयोजक रहुनु भएको छ । उहाँ यज्ञका संकल्पकर्ता पनि हुनुहुन्छ ।
आफुलार्ई यज्ञ आयोजनामा धेरै अनुभव नभएको भन्दै उहाँले यज्ञमा सकेको दानका साथै कथा श्रवणका लागि ुस्््बेै भक्तहरुलाई आव्वाह्न पनि गर्नु भएको छ । धनधान्यानचल महायज्ञको दोस्रो दिन शिव पार्वतीको झाँकी सहितको संगीतमय भजनकृतन समेत प्रस्तुत गरिएको थियो । यज्ञकामा दिइने चन्दा दान हुने भएकोले पनि यस्ता महायज्ञमा दान गर्दा महापुण्य मिल्ने धार्मिक मान्यता रहेको छ । भागवत कथा सुन्नुमात्र पनि गृहस्थको लागि ठुलो पुण्य मिल्ने बताइन्छ ।

 

प्रतिकृया दिनुहोस