यज्ञको तेस्रो दिनसम्म १ करोड ३५ लाख बढि आर्थिक संकलन


पुष ३ लंकु

भरतपुर(४ लंकुमा जारी धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सवमा दान गर्नै महानुवाभहरु पनि थपिदै जानु भएको छ ।
। महायज्ञको तेस्रो दिनमा मात्रै १ करोड ३५ लाख ३४ हजार ४ सय ६५ रुपैंया आर्थिक संकलन भएको महायज्ञ मुल आयोजक समितिका सचिव भक्तिराम गौतमले जानकारी दिनुभयो ।

गोपाल गुरुकुलम् कल्याण संस्थाले परोपकारकार्यहरु गर्ने आवश्यक भौतिक संरचनाका साथै विभिन्न कार्यक्रम गर्ने, उदेश्यका साथ संचालन गरिएको महायज्ञमा स्थानियहरु तन मनका साथ सक्रिय भएर लागेको यज्ञका संयोजक कासिराम गौतमले जानकारी दिनुभयो । महायज्ञको तेस्रो दिनमा समाजसेवी कसिराम गौतमले सबैभन्दा बढि १ करोड ३० लाख रुपैंया दान गर्नुभएको छ । भने हङकंगमा बस्दै आउनु भएको नेपालीहरु बाट १७ लाख ७५ हजार ५० रुपैया, वेलायतमा वसोवास गर्दै आउनु भएको गुरुकुलका शुभचिन्तकवाट ११ लाख रुपैया महायज्ञमा दान गर्नुभएको मुल आयोजक समितिका कोषाध्यक्ष जीवलाल गौतम ले जानकारी दिनुभयो ।

स्थानिय, उद्योगी व्यवसायी, समाजसेवीहरुको सक्रिय सहभागिताले गर्दा महायज्ञ सफल हुदै गएको आयोजकको भनाई छ । तेस्रो दिनमा समाजसेवी भिमलाल गौतमले ३ लाख ३ रुपैया महायज्ञमा दान गर्नुभएको छ । त्यस्तै अन्यदाताहरु बाट २८ हजार ४ सय दान महायज्ञ प्राप्त भएको संस्थाको कोषाध्यक्ष गौतमले जानकारी दिनु भयो । पुष ८ गतेसम्म संचालन हुने धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा युवा पण्डित दिनवन्दु पोखरेलले प्रवचन गर्नुभएको छ ।
। गोपाल गुरुकुलम् कल्याण संस्थाले , गुरुकुल , अनाथ आश्रम, गौशाला, पाठशाला निर्माण गर्ने उदेश्यका साथ महायज्ञ संचालन गरिएको हो ।

महायज्ञमा हबन ७ वजेबाट ९ वजेसम्म पूजा एवं पाठ पारायण, त्यसैगरी ११ बजेबाट ४ वजेसम्म श्रीमद्भागवत कथा वाचन तथा धनधन्यांचल महापुराण वाचन हुनेछ भने प्रत्यक दिन बेलुका भजन किर्तन, झाँकी र दीप प्रज्वलन एवं राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन हुने गरेको छ ।

महायज्ञ अवधिभरी तुलादान, चौरासी पूजा, तथा परिक्रमा लक्ष्यवत्र्ति तथा महायज्ञमा रास्ट्र शान्तिको लागि हवन ग्रहशान्ति, पितृ मोक्ष संकल्प लगायतका कार्यहरु हुने गरेको महायज्ञ सम्पादन समिती सदस्य रामेश्वोर खनालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस