चितवनमा गाईको मासु सहित दुई पक्राउ

कालिका , चैत्र ३
चितवनमा गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका –२३ जगतपुर , कृष्णचोक निवासी रन बहादुर शार्की र विक्रम शार्की रहेका छन् । उनीहरुले हिजो (शनिबार) पाल्ने भनेर छिमेकीसंग गाई किनेका थिए ।

मासु सहित पक्राउ परेका उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिनुभयो। धर्म निरपेक्ष मुलुक भएपनि नेपालमा गाई काट्नु र मासुको बेचबिखन गर्नुलाई अवैध मानिन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...