बालीका आश्रममा सौन्र्दयकर्मीको स्थापना दिवस


देवघाट चितवन
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफनो ११ औ स्थापना दिवस श्री रामजानकी बालिका आश्रम देवघाटमा रहेका बालीकाहरुसगँ मनाएको छ । जिफन्ट महासंघ केन्द्रिय उपाध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बालिका आश्रममालाई सहयोग समेत गरिएको छ । आश्रमको भवन निमार्णका लागि सौन्र्दयकर्मी युनियन प्रदेश तीनका अध्यक्ष गीता मैनालीले एकाउन्नहजार र बालिकाहरुको भोजनका लागि युनियन परिवारले १५ हजार १ सय आर्थिक सहयोग गरेको छ । सो रकम अध्यक्ष मैनालीले प्रमुख अतिथी श्रेष्ठ मार्फत बालीका आश्रमका अध्यक्ष सावीत्री टन्डन लाई हस्तान्तरण गरीन् ।
आश्रम परिसर देवघाटमा भएको सो कार्यक्रममा युनियन केन्द्रिय उपाध्यक्ष गंगा नकर्मी, आश्रमका महासचिव रामेश्वर खनाल , जीफन्ट प्रदेश न,३को सचिव अर्जुन अर्याल , युनियन प्रदेश ३ का सचिव सुजना जोशी सगै सामाजीक व्याक्तित्वहरु गोविन्द अर्याल,गोमा महत ,अन्जु गुरुङ,अश्मिता श्रेष्ठ लगाएतले आफ्नो मन्तब्य राखेका थिए ।
उक्त अवसरमा काठमाडौँ,भक्तपुर,ललितपुर,चितवन र मकवानपुरका सौन्दर्यकर्मीहरु उपस्थित भएका थिए । बालीका आश्रममा हाल ४० जना बालीका हरु रहेका छन्

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...