पितृहरुलाई सम्झने पर्व बालाचर्तुरदर्शी


मंसिर ८ गते चितवन
प्रत्येक वर्ष मंसीर महिना शिर्षकृण्ण त्रयोदशी दिन दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आइतबार साझँदेखि नेपालका तिर्थस्थलहरुमा मेला भर्न श्रद्धालुहरु पुगीसकेका छन् । बाला चतुरदर्शि पितृहरुलाई खुशी बनाउने पर्व बालाचतुरर्दशी । सतबीज भन्नाले १०० वटा बिज बिजन हो । यो पर्व
पवित्र तीर्थस्थल देवघाटलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन् । यस दिन दीपदान गरी बालाचतुर्दशीको बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन देवघाट क्षेत्रमा आउँछन् ।
यसरी आएका श्रद्धालु भक्तजनको आइतबार बिहानैदेखि पशुपतिमा भीड लागेको छ । द देवघाटधामम् ा पनि यतिखेर केहि भक्तजनहरु पुगीसकेका छन ,। बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको देवघाटमा भीड लागेको छ । । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, वेणी संगमस्थल जस्ता ठाउँमा शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले देवघाट वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । ।
यो वर्प मनाउने सन्र्दभमा शिव पावर्ती भगवानको प्रसगं पनि जोडिएको छ । मृग रुप धारण गरी पशुपतीको मृगस्थलीमा बसेका शिव भगवानलाई पावर्तीले सतबिज छरेर भेट गर्नु भएको किवंदती पनि जोडिएको छ । यस अर्थमा सदियौ देखि नै यो पर्व मनाउने गरिएको बताइन्छ । विछोडीएका श्रीमान् श्रीमतीको भेट गराउन पनि यो पर्व पनि मानिन्छ ।  शतबीज भनिएपनि   सप्तधान्यमा धान गहुँ मकै, जौ, तिल,  चना, , कागुनो छर्दै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ,साथै केरा उखु अनार ,निबुवा ,विमीरोमा सुन्तला लगायतका फलहरु पनि छरिने गरिन्छ ।   । विशेष गरेर वर्षदिन भरिमा आफ्नो घरमा कसैको मृत्यु भएको छ भने मात्र नभई प्रत्येक वर्ष पितृहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस