पूर्वराजा ज्ञानेन्द्रले भने– देशमा शान्ति चाहिएको छ

चैत,९, गोरखा। पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेका छन् । शाहवंशीय राजतन्त्रको पुर्ख्यौली रहेको गोरखा पुगेका उनले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखामा गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्खाको थलो आउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले अहिले देशमा शान्ति चाहिएको समेत बताए ।
उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...