११, साउन । भरतपुर ४ त्रिचोक निवासी प्रजातन्त्र सेनानी –बगालेबा ं)चन्द्रकान्त बगालेको निधन भएको छ । उहाँको शनिबार ९८ वर्षको उमेरमा आफ्नै निवास त्रिचोकमा निधन भएको हो । उहाँ राणा शाशनको अन्त्यको आन्दोलनमा २००७ साल देखि नै सक्रिय भएर लाग्नुभएको थियो । नेपाली कांग्रेसको २००८ सालमा नै सदस्यता लिनुभएको उहाँले कांग्रेसको विभिन्न तह र तप्कामा रहेर कार्य गर्नुभएको थियो । उहाँ २०३६ सालदेखि नेपाली कांग्रेसको साविक मंगलपुर गााउँ पञ्यात हुदै देखि २०४८ सालसम्म मंगलपुर गा..वि.सको सभापति समेत रहनुभएको थियो । पच्ञ्यात शाशनका विरुद्ध विभिन्न मोर्चामा उहाँ सक्रिय भएर लाग्नु भएको थियो । यसै क्रममा उहाँ पटक पटक जेल जीवन बिताउनुभएको परेको थियो । नेपालको राणा शाशन, पञ्चायत तानाशाही शाशा व्यवस्था का विरुद्ध शशक्त भएर लाग्नुभएका उहाँले पदको लोभ र मोहमा कहिल्यै लाग्नुभएन । अरुलाई नै नेतृत्व सुम्पन्ने बानी उहाँमा भएको कांग्रेसजनहरु बताउछन् । केहि दिन देखि अस्वस्थ उहाँको शनिवार ९८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । शनिवार साझँ नै उहाँको अन्तेष्टी गरिएको छ । यसैबिच शनिवार अपरान्न कांगेस भरतपुर वडा ४ समितिले श्रद्धान्जली अपर्ण आयोजना कार्यक्रम समेत सम्पन्न गरेको छ । सोही क्ममा उहाँको उहाँको पार्थिव शरिरमा नेपाली काग्रेसको झन्डा ओढाइएको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य टेक प्रसाद गुरुगं , पूर्वमन्त्री उत्तम जोशी , मिलनबाबु श्रेष्ठ , कांग्रेस चितवनका सभापति राजेश्वर खनाल ,पूर्व सभापति जितनारायण श्रेष्ठ उपसभापति द्धय राजिव न्यौपाने ,शालिग्राम पौडेल, सचिव धुव्र पोखरेल, र वडा ४ का सभापति नारायण अधिकारीले लगायतकाले उहाँको पार्थिव शशिरमा चारतारे झन्डा ओढाउनु भएको थियो । सो क्रममा चितवन कांग्रेस नेता ,कार्यकता लगायत विभिन्न सामाजिक ,धार्मिक व्याक्तित्वहरुको उपस्थिती रहेको थियो । उहाँको जन्म २०१५ साल पुष १५ गते लमजुगं जिल्लामा भएको थियो । उहाँको ५ छोराहरु मनहर्क बगाले , कृष्ण प्रसाद बगाले , पुण्यराज बगाले , ईश्वरी प्रसाद बगाले र शिव प्रसाद बगाले रहनुभएको छ । उहाँको श्रीमती गोकुली माया बगाले र छोरी नारायणी बगालेको भने यस अघि नै निधन भइसकेको छ ।
प्रतिकृया दिनुहोस