देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद्भागवत महापुराण सुरु

चितवन – चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा बेद बिज्ञान समन्वयात्मक समाबेशि कन्या गुरुकुल स्थापनाका लागी भरतपुरमा श्रीमद भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञ आयोजना गरिएको छ । मातृ शक्ति जागरण महाअभियानअन्तर्गत देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद्भागवत महापुराण सुरु भएको छ ।

ॐ शिवशक्ति कल्याणी केन्द्र , भरतपुरको आयोजनामा आयोजित महायज्ञको प्रदेश नम्वर ३ का सहकारी कृषि तथा भुमि ब्यवस्था मन्त्रि दावा दोर्जे लामाले उद्धघाटन गरे । महायज्ञको उद्धघाटन गर्दै मन्त्रि दावा दोर्जे लामाले गुरुयोजना पुरा गर्न प्रदेश सरकारले आवस्यक सबै खाले सहयोग गर्ने बताए । महायज्ञबाट जति रकम उठ्छ र गुरु योजना अनुसार काम गर्न जती रकम अपुग हुन्छ त्यो रकम आफुले ३ नम्वर प्रदेश ४ नम्वर प्रदेश र कन्द्र सरकारका प्रर्यटन मन्त्रि समक्ष पुगेर पनि आर्थीक सहयोगका लागी पहल गर्ने बताए ।

कार्यक्रममा महायज्ञका सहसंयोजक बाल सन्त कल्याणी दास, संस्थाका संस्थापक अध्यक्ष रमा कार्की,देवघाट क्षेत्र बिकास समितिका प्रमुख कार्यकारी अधिकृत धिरन घिमिरे ,पुर्व मन्त्रि साबित्रि बोगटी पाठक, ॐ शिवशक्ति कल्याणी केन्द्रकी प्रमुख संरक्षक शिबं शंक्ती कल्याणी माता लगायतले बोलेका थिए ।

महायज्ञमा उद्धघाटनकै अवसरमा ७ लाख बढि रकम दाताहरुले बोलेका थिए । बिरगन्जका बिक्रम कार्कीले ५ लाख ५ हजार ५ सय ५५ रुपैया रकम दनको घोषणा गरेका थिए ।पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भईरहेको भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्धेश्यले महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताए ।नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन लागिएको हो । निर्माण सम्पन्न गर्न करीब २० करोड लागत लाग्ने अनुमान गरिएको सो गुरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ  ।ने। निर्माण सम्पन्न गर्न करीब २० करोड लागत लाग्ने अनुमान गरिएको सो गुरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ ।महायज्ञको उद्घाटन पुर्व कलश यात्रा निकालिएको थियो ।सो कलश यात्रामा आमा समुह लगायत विभिन्न धार्मिक सघ सस्थाका  प्र्रतिनिधीहरु सहभागी थिए ।चितवन तर्फको देवघाटको वागीश्वरीधाममा   योगी नरहरीनाथ गुरुकल्म सहित देवघाटधाममा रामजानकी ग्रागी कन्या गुरुकुल सञ्चालनमा रहेका छन्  /नपालका सबै वर्ग समुदाय, सम्प्रदायका  बालिकाहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन लागिएको हो .

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पूर्व मन्त्री सूर्यमान गुरुङको शालिक अनावरण

 काठमाडौ,२० ,वैशाख । नेपाल सरकारका पूर्व मन्त्री कांग्रेस नेता सूर्यमान गुरुङको शालिक अनावरण गरिए...