कालिञ्चोक मन्दिर दर्शन गरेर फर्कँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। घुम्तिमा दुर्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो सडकमा पुगेको थियो।

भक्तपुरको कमलबिनायक–च्यामासिं रुटमा चल्ने उक्त बस रिजर्भमा धार्मिक पर्यटकीय गन्तव्य कालिञ्चोक भ्रमण गरेर फर्कँदै थियो।

प्रहरीका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो 

मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर गणेश खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...